स्वावलम्बनद्वारा वातावरण दिवसको अवसरमा फलफूलको बिरुवा वितरण

स्वावलम्बनद्वारा वातावरण दिवसको अवसरमा फलफूलको बिरुवा वितरण

शनिवार, जेठ २४ २०८२
शनिवार, जेठ २४ २०८२
  • स्वावलम्बनद्वारा वातावरण दिवसको अवसरमा फलफूलको बिरुवा वितरण

    स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कल्याणपुर, सप्तरीले विश्व वातावरण दिवसको अवसरमा विभिन्न फलफूलको बिरुवाहरू वितरण गरेको छ । 

    images
    images

    वित्तीय संस्थामा आवद्ध ग्राहक महिला सदस्यहरूलाई कृषिमा उद्यमी बनाउने अभिप्रायले खडक नगरपालिका वडा नं. ५ र ६ साथै शम्भुनाथ नगरपालिका वडा नं.७ र ८ का ९९ घरधूरीका महिला ग्राहक सदस्यहरू प्रत्येकलाई आँप, लिची र कागतीका बिरुवाहरू वितरण गरिएको हो ।

    फलफूलका बिरुवाहरू वितरण कार्यक्रम शम्भूनाथ नगरपालिकाको वाड नं.८ स्थित आधारभूत विद्यालयमा आयोजना गरिएको थियो । 

    कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष इन्द्रकान्त चौधरीले समुदायमा यस प्रकारका विरुवाहरू वितरण गरी कृषि उद्यममा सघाउ पुर्याएकोमा स्वावलम्ब लघुवित्तलाई धन्यबाद दिए । 

    त्यसैगरी विशिष्ठ अतिथि विद्यालयका प्रधानाध्यापक विजय कुमार चौधरीले महिलाहरुलाई फलफूलका बिरुवा वितरणबाट गाउँमा फलफूल खेतीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

    कार्यक्रममा शाखा प्रबन्धक अनिल कुमार साहले वित्तीय संस्थाले कर्जा तथा बचतको सेवाका अतिरिक्त समय समयमा ग्राहक सदस्यलाई विभिन्न उद्यममा टेवा पुग्ने गरी आर्थिक तथा गैर आर्थिक सहयोग तथा उद्यमशीलता प्रबर्द्धनका लागि कार्य गर्दै आएको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय