सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा मैत्री सेवा आश्रममा खाद्यान्न सामग्री वितरण

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा मैत्री सेवा आश्रममा खाद्यान्न सामग्री वितरण

शनिवार, जेठ २४ २०८२
शनिवार, जेठ २४ २०८२
  • images
    images
    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा मैत्री सेवा आश्रममा खाद्यान्न सामग्री वितरण
    images
    images

    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले काठमाडौँ जिल्लाको मैत्री सेवा आश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ । 

    संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले  क्षेत्रीय प्रबन्धक नरेश थापा र शाखा प्रबन्धक रोजिना मानन्धरको उपस्थितिमा खाद्यान्न सामग्री उक्त आश्रमलाई हस्तान्तरण गरेको हो । हाल सो आश्रममा ३० जना आश्रित आमा बुबाहरूले सेवा लिँदै आइराखेका छन् । 

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि विभिन्न गतिविधिहरूमार्फत सक्रिय भूमिका निभाउँदै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्न, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूमा योगदान पुर्याउने योजना रहेको बताएको  छ । 

    यस्ता प्रयासहरू मार्फत संस्थाले नाफामुखी व्यापारसँगै सामाजिक हितलाई पनि अगाडि बढाउने विश्वास लिएको छ ।भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना कम्पनीले बनाएको छ ।

    देशभर १६९ शाखा सञ्जाल  रहेको कम्पनिको पूँजी ५ अर्बभन्दा बढी , २० अर्बभन्दा बढीको लगानी रहेको छ भने  २०,००० भन्दा बढी अभिकर्ताहरू कम्पनमा कार्यरत छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com