करिब २० करोडको लगानीमा खानेपानी योजना निर्माण

करिब २० करोडको लगानीमा खानेपानी योजना निर्माण

शनिवार, जेठ २४ २०८२
शनिवार, जेठ २४ २०८२
  • images
    images
    करिब २० करोडको लगानीमा खानेपानी योजना निर्माण
    images
    images

    हेटौंडा / हेटौंडा उपमहानगरपालिका र संघिय सरकारको सहलगानीमा हेटौंडामा २० करोड रुपैयाँ भन्दा बढिको लगानीमा खानेपानी योजना निर्माण हुने भएको छ । उपमहानगरापलिकाको ९, १४ र १५ नम्बर वडा लक्षित गर्दै सिमलटार–रातोमाटे सहलगानी खानेपानी योजना अन्तर्गत ठुलो लगानीको काम हुने भएको हो । शुक्रबार हेटौंडा उपमहानगरपालिका, संघीय खानेपानी योजना र निर्माण पक्ष बिच त्रिपक्षीय सहमती पत्रमा हस्ताक्षर भएको छ ।

    हेटौंडा उपमहानगरपालिका खानेपानी बोर्डले तयार पारेको ८२ करोडको वाताबरणीय प्रभाब मुल्याङकन अन्तर्गत रहेर संघिय सरकारले हेटौंडा उपमहानगरपालिका लक्षित गर्दै खोलेको ठेक्कामा अनुसार निर्माण पक्षले २० करोड ५६ लाख रुपैयाँमा २ बर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउने सम्झौता भएको छ ।

    उपमहानगरपालिका कार्यालयमा भएको सम्झौता पत्रमा नगर प्रमुख मीनाकुमारी लामा, संघिय खानेपानी योजना प्रमुख पुर्णप्रसाद उपाध्याय, हेटौंडा खानेपानी बोर्डका अध्यक्ष प्रताप बिष्ट र निर्माण पक्ष जयमाता सुप्रीम जेभीका कृष्णहरी चौलागाईले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार उपमहानगरको ३० र संघिय योजनाको ७० प्रतिशत लगानी रहने छ ।

    २० करोड ५६ लाखको लगानीमा हेटौंडा–९ को बेदखोल्सिमा ६ लाख लिटर, हेटौंडा–१५ पिसपार्कमा २ लाख लिटर र हेटौंडा–१४ मा २ लाख लिटरको खानेपानी टंकी निर्माण गरिने छ भने हेटौंडा–१४ मै २ वटा सामवेल बनाउने सम्झौतामा उल्लेख छ । योजना अनुसार हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले प्रयोगमा ल्याएको सामरीको समवेलको पानीलाई ३ करोड रुपैयाँ खर्चेर यहि योजनामा समाबेश गर्ने बताइएको छ ।

    योजना सम्झौतामा नगर प्रमुख लामाले निर्माणको कामलाई गुणस्तरीय बनाउँदै नगरवासीलाई चाडै खानेपानीको व्यवस्थापन मिलाउने काम लाग्न निर्माण पक्षलाई सुझाव दिइन् ।

    योजना निर्माण हुने क्षेत्र मध्य दुई वटा वडा १४ र १५ पछि उपमहानगरापालिकामा समावेश भएको क्षेत्र भएकाले त्यहाँका जनतालाई खानेपानीको सुविधा दिने काममा उपमहानगर पछि नपर्ने गरी काममा लाग्न निर्देशन दिइन् । 

    सम्झौतामा हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँ, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, खानेपानी बोर्डका कार्यकारी निर्देशक बिष्णुप्रसाद सापकोटा, योजनाका इन्जिनियर प्रदिप यादब, लेखा अधिकृत कपिल अर्याल, प्रविधिक अजित चौलागाई, बोर्डका लेखा प्रमुख सञ्जय न्यौंपाने लगाएको अन्य प्रतिनिधीको उपस्थिती थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com