images
Logo
images

मह मेलाको अन्तिम दिन आज, मौरीको प्रजातिअनुसार महदेखि मौरीपालन गर्ने सामग्री एकै ठाउँ पाइने

मह मेलाको अन्तिम दिन आज, मौरीको प्रजातिअनुसार महदेखि मौरीपालन गर्ने सामग्री एकै ठाउँ पाइने

शनिवार, जेठ २४ २०८२
शनिवार, जेठ २४ २०८२
  • मह मेलाको अन्तिम दिन आज, मौरीको प्रजातिअनुसार महदेखि मौरीपालन गर्ने सामग्री एकै ठाउँ पाइने

    काठमाडौँ / नेपाल मौरीपालक महासंघले आयोजना गरेको छैठौँ राष्ट्रिय मह मेला-२०८२ काठमाडौँको भृकुटीमण्डपमा आज तेस्रो दिन अर्थात अन्तिम दिन पनि जारी छ । ‘आत्मनिर्भर मौरी व्यवसायी, सक्षम, सुदृढ महासंघ, नेपाली मौरीजन्य उपजको संसारभर पहिचान’ नाराका साथ बिहीबारबाट सुरु भएको मेलामा थरीथरीको मह र मौरी पालन गर्ने सामग्रीमा ग्राहकहरूको आकर्षण बढेको हो । 

    images
    images

    महासंघले स्वेदशी मह उत्पादन खपत बढाउनका लागि महको फाइदाबारे प्रचार गर्न मह मेला हुन लागेको जनाएको छ । मेलाले मौरीपालक व्यवसायिक किसानहरूका लागि व्यवसायको प्रचार प्रसार र विस्तारका लागि सहयोग पुग्ने महासंघले जनाएको छ । हाल सरकारले मह आयातमा रोक लगाएको छ । यसबाट मह उत्पादन बढ्दै गएको छ भने नेपाली महको खपत पनि बढ्दै गएको छ । 

    विगतमा भन्दा अहिले मन्त्रालयमार्फत सकारात्मक सहयोग प्राप्त भएको मौरी पालक किसान तथा मह उत्पादकहरू बताउँछन् । मेलामा प्रदेश, जिल्ला, पालिका अन्तगर्गतका उद्यमी तथा मौरी व्यवसायहरू सहभागी भएका छन् । 

    भृकुटीमण्डपमा जारी मह मेलामा ४० वटा कक्षमा मह, घार, पोलन, प्रपोलिस, टोपी, ब्रसलगायत सामग्री राखिएको छ । मेलामा सातै प्रदेशका किसानको सहभागिता छ । त्यस अवसरमा महसम्बन्धी छलफलसमेत आयोजना गरिएको छ । 

    मह मेलाका संयोजक सुवासचन्द्र घिमिरेका अनुसार मेलामा मौरीपालनका क्षेत्रमा प्रयोग हुने प्रविधि, मौरीका विभिन्न प्रजातिका बारेमा र महसम्बन्धी जानकारी दिइनेछ । उनका अनुसारका मौरीको प्रजातिअनुसार महको गुण, स्वाद र रङ फरक हुन्छ ।

    आज (तीन दिन)सम्म चल्ने मह मेला बिहीबार कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेका हुन् । 

    मेलाको उद्घाटन गर्दै मन्त्री अधिकारीले खुल्ला बजारमा सबैले प्रतिस्पर्धा गर्न पाउने भएकाले शुद्ध मह उत्पादनलाई पहिलो प्राथामिकता दिन जरुरी रहेको बताएका थिए । 

    मह उत्पादकहरूलाई उत्पादनमा जोड दिन आग्रह गर्दै मन्त्री अधिकारीले बजारको समस्या हटाउन सरकारले पहले गर्ने विश्वास दिलाएका छन् । हाल नेपालमा वार्षिक पाँच हजार मेट्रिक टन भन्दा बढि मह उत्पादन हुँदै आएको छ । महासङ्घ आबद्ध किसानले यस वर्ष मात्रै २२६ टन मह उत्पादन गरेका छन् । 

    नेपालमा सेरेना मौरीको गोला १२ हजार १३८ वटा छ भने मेलिफेराको छ हजार ५०० गोला छ । सेरेना पाल्ने किसान ७११ जना र मेलिफेरा मौरी पाल्ने किसान २७० जना महासङ्घमा आबद्ध छन् । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय