अत्तरिया कृषि ज्ञान केन्द्र कैलालीले कृषि उपज तथा थोक बजार अत्तरियालाई हाते झोला हस्तान्तरण गरेको छ।
विश्व वातावरण दिवसको अवसरमा अत्तरियामा आयोजित कार्यक्रममा केन्द्रका प्रमुख टेक बहादुर विष्टले बजारका अध्यक्ष डिल्लीराज जोशीलाई ५०० थान झोला हस्तान्तरण गरेका हुन् ।
हाते झोलाले केहि हदसम्म प्लास्टिक प्रयोग न्यूनिकरण हुने विश्वास व्यक्त गरिएको छ।
प्लाष्टिजन्य पदार्थहरुले विश्वभर प्रदुशित बनाइरहेको छ । विभिन्न मुलुकहरुले प्लाष्टिक जन्य बस्तुहरुको प्रयोग न्युनिकरण गर्न प्रयास गरिरहेका छन् । नेपालले पनि यस्ता बस्तुहरु कम प्रयोग गरी वातावरण स्वच्छ बनाउन विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।