काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलताको विकासबिना रोजगारीको अवसर सिर्जना नहुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित नवप्रवर्तक युवासँग प्रधानमन्त्रीको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारी जागिर सिमित हुने र एक प्रतिशतले पाउने भन्दै उद्यमशीलताको विकास बाहेक अरू कुनै उपाए नभएको बताए ।
उनले भने, “मैले धेरै पहिला देखि भनिरहेको छु अहिले पनि त्यही भन्छु उद्यमशीलताको विकास गर्नुपर्छ । उद्यमशीलताको विकास नगरीकन रोजगारीको अवसर कहाँ बाट आउँछ ? हामीले सरकारी जागिर मात्र खोज्ने हो भने त कहिले एउटा रिटाएर होला र मौका पाउला भनेर बस्नुपर्छ । यो त सिमित हो । एक प्रतिशतले पाउने हो जागिर । त्यसैले उद्यमशीलताको विकास बाहेक अरु कुनै उपाए छैन ।”
यसको साथै, उनले पूर्वाधारबिना विकास सम्भव नहुने भन्दै पहिला न्यूनतम पूर्वाधारको विकास आवश्यक रहेको बताए ।
युवाहरूका लागि उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछ स् प्रधानमन्त्री उनले शिक्षामा जनशक्ति प्रक्षेपणको नीति तर्जुमाका लागि अध्ययन गराएको स्मरण गर्दै आगामी आर्थिक वर्षको बजेटमा ‘जेन्जी’ पुस्ता र ‘स्टार्टअप’ का कार्यक्रमलाई उच्च महत्व दिइएको बताए ।
उनले भने, “युवाहरूले हाल जे जस्तो छ, त्यसैमा सन्तोष मान्नुु हुन्न । परिवर्तनका लागि र राम्रोका लागि लाग्ने स्वभाव बोक्नुुपर्छ । असन्तोष मान्नुुपर्छ भन्नुको अर्थ सामाजिक सञ्जालमा मुख छाड्ने प्रवृत्तिहरू पनि ठिक होइन, त्यस्तो गर्नेहरू उल्टै पारिवारिक तनावमा परेका हुन्छन् । अब युवाहरूले जब खोज्नेतिर होइन, जब सृजना गर्नेतिर लाग्नुुपर्छ । उद्यमशीलता, रोजगारी, बजारीकरण र नयाँपनका माध्यमबाट स्वदेशमै अवसर छ भन्ने देखाएर कामकै लागि युुवाहरू विदेश जाने क्रम रोक्नुुपर्छ ।”
उनले युुवाहरूले रचनात्मकतामा निरन्तरता दिनुुपर्नेमा जोड दिँदै सुरङमार्ग, जलमार्गजस्ता पूर्वाधार विकासमा भइरहेकाले सरकार र सबै क्षेत्रको सत्प्रयासबाट मुलुकको समृद्धि हासिल हुने पनि बताए ।
सो अवसरमा प्रधानमन्त्री ओलीले ‘आइडिया स्टुुडियो’ को सम्बद्र्धनमा स्वदेशमै उत्पादित सामान तथा आविष्कारहरूको प्रदर्शनी अवलोकन गरेका थिए ।
उक्त कार्यक्रममा ‘आइडिया स्टुुडियो’ का संस्थापक डा.छिरिङ लामा र काठमाडौँ मोडेल कलेजका अध्यक्ष रामेश्वर अर्यालले युवाहरूको नवप्रवर्तनका लागि भइरहेका प्रयास र उपलब्धिबारे प्रधानमन्त्री ओलीलाई अवगत गराएका थिए ।