२०२६ देखि २०३० सम्मलाई ‘निर्यात वर्ष’ घोषणा गर्न माग, प्रधानमन्त्रीलाई निर्यात व्यवसायीले बुझाएको ७ बुँदे सुझावमा के छ ?

२०२६ देखि २०३० सम्मलाई ‘निर्यात वर्ष’ घोषणा गर्न माग, प्रधानमन्त्रीलाई निर्यात व्यवसायीले बुझाएको ७ बुँदे सुझावमा के छ ?

बुधवार, जेठ २१ २०८२
बुधवार, जेठ २१ २०८२
  • images
    images
    २०२६ देखि २०३० सम्मलाई ‘निर्यात वर्ष’ घोषणा गर्न माग, प्रधानमन्त्रीलाई निर्यात व्यवसायीले बुझाएको ७ बुँदे सुझावमा के छ ?
    images
    images

    काठमाडौँ / निर्यात व्यवसायी महासङ्घ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर निर्यात विस्तार, राष्ट्रिय पुँजी निर्माण, रोजगारी सिर्जना र आयात प्रतिस्थापनका लागि सात बुँदे सुझावपत्र बुझाएको छ।

    महासङ्घका नवनिर्वाचित अध्यक्ष गोविन्दप्रसाद घिमिरेको नेतृत्वमा गएको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्दै आगामी आर्थिक वर्षको बजेटमा निर्यात व्यवसायलाई प्राथमिकतामा राख्न माग गरेको हो।

    अध्यक्ष घिमिरेले अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको निर्माण छिटो टुंग्याएर विदेशी व्यवसायीहरूलाई नेपाल भित्र्याउने वातावरण बनाउन जोड दिएका छन्।

    साथै, सन् २०२६ देखि २०३० सम्मलाई 'निर्यात वर्ष' घोषणा गरी सरकार र निजी क्षेत्रको सहकार्यमा लगानी वृद्धि र पर्यटन प्रवर्द्धनको माग पनि गरिएको छ।

    महासङ्घले हालको आर्थिक मन्दीका बेला अर्थतन्त्रलाई गतिशील बनाउन बजेटमै निर्यात व्यवसायलाई विशेष स्थान दिनुपर्नेमा जोड दिएको छ।

    प्रधानमन्त्री ओलीले महासङ्घको नयाँ नेतृत्वलाई बधाई दिँदै निर्यात, रोजगार र पर्यटन प्रवर्द्धन सरकारका प्राथमिक एजेन्डा भएको बताए। उनले उपलब्ध स्रोत र सम्भावनाभित्र रहेर व्यवसायीहरूका सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com