काठमाडौँ / सिद्धार्थ बैंक र गोल्डेन हस्पिटल प्रा.लि.बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
विराटनगरमा सम्पन्न एक विशेष समारोहमा गोल्डेन हस्पिटल प्राइभेट लिमिटेड ९दर्ता कार्यालय जनपथ टोल–११, विराटनगर०का प्रमुख कार्यकारी अधिकृत मो. जियाउल हक र सिद्धार्थ बैंक लिमिटेड ९केन्द्रीय कार्यालय नक्साल, काठमाडौं० का विराटनगर शाखा प्रबन्धक सूर्य प्रसाद शर्मा बीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले बिराटनगर स्थित गोल्डेन हस्पिटलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा खुल्ला रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।