भोजपुरको देउराली-भङ्गेरी-पालुवा-गुम्बा सडक स्तरोन्नति

भोजपुरको देउराली-भङ्गेरी-पालुवा-गुम्बा सडक स्तरोन्नति

बुधवार, जेठ २१ २०८२
बुधवार, जेठ २१ २०८२
  • images
    images
    भोजपुरको देउराली-भङ्गेरी-पालुवा-गुम्बा सडक स्तरोन्नति
    images
    images

    भोजपुर /  जिल्लाको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति गरिएको छ । एक करोड ७० लाख लागतमा तीन खण्डमा सडक स्तरोन्नति गरिएको हो ।

    भोजपुर नगरपालिका–६ का वडाध्यक्ष शैलेन्द्र कार्कीका अनुसार वडाको प्रयासमा धनकुटास्थित सघन सहरी कार्यालयको रु एक करोड, केन्द्र सरकारको रु ६० लाख र प्रदेश सरकारबाट प्राप्त रु १० लाखमा नौ किलोमिटर देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति भएको छ ।

    अब यो सडकमा सहज रूपमा बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने छ । 

    “देउराली–भङ्गेरी–पालुवा–सडकखण्डको स्तरोन्नति गरेका छौँ”, वडाध्यक्ष कार्कीले भने । 

    यो भोजपुर सदरमुकामलाई रामप्रसादराई गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकालाई जोड्ने सबैभन्दा छोटो सडक हो । 

    वडामा सानाठूला गरी १७ वटा सडक रहेकामा सबैको स्तरोन्नति गरिएकाले स्थानीयका घरसम्म एम्बुलेन्सलागयत अत्यावश्यक सवारीसाधन  पुग्नसक्ने बनाइएको छ । रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com