काठमाडौँ / मङ्गलबार सेयर बजार परिसूचक नेप्से उच्च अङ्कले घटेको छ । सोमबार सामान्य बढेको नेप्से आज ३५.७३ अङ्कले घटेर २६५८.९३ बिन्दुमा पुग्दा बन्द भएको हो । पछिल्ला दुई कारोबार दिन भने नेप्से परिसूचक बढेको थियो ।
त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ७.०६, फ्लोट इण्डेक्स २.६० रसेन्सेटिभ फ्लोट इण्डेक्स २.५३ अङ्कले घटेको छ । नेप्से परिसूचकसँगै मङ्गलबार कारोबार रकम पनि घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार ९ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएकोमा आज भने सो रकम घटेर ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार रुपैयाँमा सीमित भएको हो ।
आज १३ वटै उपसमूहको परिसूचक घटेसँगै बजारमा १.३२ प्रतिशतको गिरावट देखिएको हो । कारोबारमा आएको बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशत घटेको छ।
त्यस्तै, आज होटल तथा पर्यटन उपसमूहको परिसूचक २.१२ प्रतिशतले घट्दा विकास बैंक, लगानी, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ। अन्य समूहको सूचक भने आज सामान्य घटेको देखिन्छ ।
मङ्गलबार पियोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्य पनि ९.९४ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै, यस दिन उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे ५ प्रतिशत बढेको छ।
कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा बढी ४.३८ प्रतिशत घटेको छ भने बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्य ३.९९ प्रतिशत, प्राइम कमर्सियल बैंकको सेयर मूल्य ३.९५ प्रतिशत र लक्ष्मी सनराइज बैंकको सेयर मूल्य ३.८८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६० करोड १५ लाख २ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, यस दिन युनिभर्सल पावर कम्पनीको ४१ करोडभन्दा बढीको सेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ४० करोड नाघेको छ।