संस्कृति मास्न सरकार नै उद्धत रहेको सस्कृतिविद्को गुनासो

संस्कृति मास्न सरकार नै उद्धत रहेको सस्कृतिविद्को गुनासो

सोमवार, जेठ १९ २०८२
सोमवार, जेठ १९ २०८२
  • images
    images
    संस्कृति मास्न सरकार नै उद्धत रहेको सस्कृतिविद्को गुनासो
    images
    images

    काठमाडौं/  संस्कृतिविद्हरुले संस्कार र संस्कृति मास्न सरकार नै उद्धत रहेको आरोप लगाएका छन्।


    पं. नवराज पौडेलको १०५ औं जन्मजयन्तीको अवसरमा पं. नवराज शारदा स्मृति समाजले आयोजना गरेको ‘सामाजिक संस्कार, संस्कृति’ विषयक कार्यक्रमका वक्ताहरुले संस्कृति संरक्षण गर्न भन्दा मास्न सरकार नै सक्रिय रहेको बताएका हुन् ।

    उनीहरुले हाम्रा चलिरहेका संस्कार, संस्कृति कर्मकाण्ड, परम्परालाई समय सापेक्ष र परिस्कृत बनाउँदै लैजानुपर्ने बताए । ‘हाल चलिरहेको विधि विधान निकै वैज्ञानिक छ,’ उनीहरुले भने ।

    कार्यक्रममा सहप्राध्यापक डा. बिनुवाबा अर्याल, सस्कृतिविद् बेदप्रसाद पन्त, डा बद्री पोखरेल, हरिहर प्रदीप घिमिरेले धर्म र संस्कारले विज्ञान, विधि र विज्ञ जन्माउने भन्दै यसका सकारात्मक रुपमा ग्रहण गर्नुपर्ने बताए । 

    ‘पछिल्लो पुस्ताले संस्कार र संस्कृति भुल्दै गएको छ,’ उनले भने,हाँले भन्नुभयो, ‘शिक्षा नीतिले संस्कार र संस्कृतिप्रति पुरै उपेक्षा गरेको शिक्षा नीतिमा सुधार गर्नुपर्छ।’

    कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ३१  अध्यक्ष सरोज ढकालले जन्मदेखि मुत्युसम्मका संस्कारहरु समय सापेक्षरुपमा सुधार गर्न बहस चलाउनु पर्ने बताए । 

    ‘अग्रजहरुले अगुवाई गरेर समय सापेक्षरुपमा सुधार गर्नुपर्छ,’ उनले भने । 


    कार्यक्रमा समाजका अध्यक्ष निर्मलराज पौडेलले संस्थाले यस विषयमा निरन्तर बहस र छलफल सञ्चालन गर्ने जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com