साढे २ अर्ब बढी रकम हिनामिना गरी भागेका कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष पक्राउ

साढे २ अर्ब बढी रकम हिनामिना गरी भागेका कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष पक्राउ

आइतवार, जेठ १८ २०८२
आइतवार, जेठ १८ २०८२
  • images
    images
    साढे २ अर्ब बढी रकम हिनामिना गरी भागेका कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष पक्राउ
    images
    images

    काठमाडौँ /  कर्णाली विकास बैंकमा रहेको बचतकर्ताको रकम हिनामिना गर्ने बैंकका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ परेका छन् । 

    नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले यही जेठ १७ गते रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं १ बेलहियाबाट पक्राउ गरेको हो ।  

    प्रहरीका अनुसार अनुसार पटक-पटक सञ्चालक समिति तथा अध्यक्ष भएका राय बचतकर्ताको रु दुई अर्ब ५० करोडभन्दा बढी रकम हिनामिना गरी फरार थिए । 

    सल्यान घर भइ हाल नेपालगञ्जमा उपमहानगरपालिका-१० बस्ने ६५ वर्षे राय लामो समयदेखि फरार रहेको प्रहरीले जनाएको छ ।

    रायविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता तथा सूचना अधिकृत युवराज खड्काले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com