काठमाण्डौं/ नेपाल एसबिआई बैंकका प्रमुख संचालन अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनुभएका विकास आनन्द यिहि जेठ १३ देखि लागू हुने गरी बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् ।
यस नियुक्तिसंगै आनन्दले बैंकको नायब प्रमुख कार्यकारी अधिकृत र प्रमुख संचालन अधिकृतको समेत जिम्मेवारी सम्हालेको बैंकले जनाएको छ ।
नेपाल एसबिआई बैंकले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ ।
हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।