काठमाडौँ / नेपाली कांग्रेसका नेता र पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई मस्तिष्कघात भएको छ। मस्तिष्कघात भएपछि आलमलाई काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार बिहान साढे १० बजे उनलाई अस्पताल लगिएको थियो ।
उनलाई बिहान ७ बजेतिर आलमलाई मस्तिष्कघात भएको चिकित्सकले बताएका छन् । आलमको उपचार आईसीयूमा राखेर भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
उनी मधुमेह र उच्च रक्तचापको औषधि पनि सेवन गर्दै आएको जनाइएको छ। आलमलाई मानिसलाई इँट्टाभट्टामा जीवितै जलाएको अभियोगमा जन्मकैदको सजाय सुनाइएको थियो। तर, केही दिनअघि उच्च अदालत वीरगञ्जले उनलाई सफाइ दिएपछि उनी केही दिनअघि मात्रै नख्खु कारागारबाट रिहा भएका थिए।
उनलाई बम विस्फोटमा घाइते भएका व्यक्तिहरूलाई जीवितै इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा जन्मकैदको सजाय सुनाइएको थियो। २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटमा आलमको घरमा बम बनाउने क्रममा विस्फोट भएको घटनामा उनी मुछिएका थिए।