महिनावारी स्वच्छता दिवसमा एक्सपोज नेपालको साइकल र्‍याली

महिनावारी स्वच्छता दिवसमा एक्सपोज नेपालको साइकल र्‍याली

शुक्रवार, जेठ १६ २०८२
शुक्रवार, जेठ १६ २०८२
  • महिनावारी स्वच्छता दिवसमा एक्सपोज नेपालको साइकल र्‍याली

    काठमाडौँ / महिनावारी सुरक्षित बनाउनका लागि प्रयासरत संस्था एक्स(पोज नेपालले एघारौँ अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा साइकल र्याली आयोजना गरेको छ। 

    images
    images

    महिला हिंसा तथा महिनावारी सम्बन्धि काम गरिरहेको गैरसरकारी संस्था एक्सपोज नेपालले हरेका वर्षझैँ यस वर्ष पनि अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा साइकल र्‍याली गरेको हो । 

    ललितपुरको मंगलबजारबाट सुरूभएको साइकल र्याली काठमाडौँको बसन्तपुर पुगेर फेरी मंगलबजारमा नै आएर टुँङ्गिएको थियो । 

    र्यालीमा लगभग चार सय महिला पुरूष साइकलयात्री सहभागी भएका थिए भने नब्बे प्रतिशत महिला सहभागी भएको आयोजक संस्था एक्सपोज नेपालले जनाएको छ। 

    साइकल र्‍याली समापनका प्रमुख अतिथि नेपाल सरकार राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष कृष्णा कुमारी पौडेल खतिवडाले महिनावारी प्राकृतिक नियम भएको र प्राकृतिक महिनावारीको मुद्दा पुरूष जो एक्सपोज नेपालका अध्यक्ष नेपालकै प्याड म्यान भनेर चिनिने ज्ञान महर्जनले उठाएकाले उनलाई महिनावारी सुरक्षित बनाउनका लागि राज्यले र स्थानीय सरकारले साथ दिनुपर्ने बताइन् । 

    उनले महिनावारीको समयमा अछुत जस्तै व्यवहार गरिने पनि महिलानै भएकोले यस्तो किसिमको ब्यबहारलाई सुधार्नुपर्ने बताइन् । 

    ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्यले महिलाहरू महिनावारीको कुरा ढुक्कले गर्नसक्ने हैसियतमा पुगेको नै गणतन्त्रका कारणले भएको बताइन् । 

    उनले गणतन्त्र नआएको राष्ट्रहरूमा महिलाहरू उत्पिडनमा पर्नुपरेको बताउँदै साइकल चढेर महिलाहरू परिवारबाट, समाजबाट ढुक्कसँग शहर घुम्नसक्ने बाताबरण भएको गणतन्त्रले भएको बताइन् । 

    नेपालकै प्याडम्यान भनेर चिनिने एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जनले पहिलो वर्ष अर्थात आठवर्ष पहिले गरेको पहिलो साइकल र्यालीमा जम्मा ७२ जना सहभागी भएकोमा एक जना महिला सहभागी भएको बताए । 

    यस वर्ष चार सय सहभागीमा ९० प्रतिशत महिला र्यालीमा सहभागी भएको उनको भनाइ छ । यस वर्ष ‘समयमैत्री संसारको लागि सँगै’ भन्ने नाराका साथ महिनावारी स्वच्छता दिवस मनाइएको छ । 

    यस अभियानमा वाटरएड नेपाल, राष्ट्रीय महिनावारी सञ्जाल, वेल्ट हंगर हिल्फे, एसएनभी नेपाल, युके इन्टरनेशनल डेभलपमेन्ट, युवा नेपाल, आरएचआरएन, डिडब्लुडीलगाएतका संस्थाहरूको सहयोग रहेको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय