आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट कस्तो छ ? [पूर्णपाठ सहित]

आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट कस्तो छ ? [पूर्णपाठ सहित]

चालुतर्फ ११ खर्ब ९० अर्ब ९८ करोड र पुँजीगततर्फ चार खर्ब सात अर्ब ९९ करोड बजेट विनियोजन

बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • images
    images
    आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट कस्तो छ ? [पूर्णपाठ सहित]
    images
    images

    काठमाडौँ / अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट पेश गरेका छन् ।

    बिहिबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षका लागि विनियोजन र स्रोत व्यवस्थापनको अनुमान सार्वजनिक गरेका हुन् ।

    अर्थमन्त्री पौडेलका अनुसार आगामी आर्थिक वर्षमा चालुतर्फ ११ खर्ब ९० अर्ब ९८ करोड (६०.१ प्रतिशत), पुँजीगततर्फ चार खर्ब सात अर्ब ९९ करोड २०.८ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ तीन खर्ब ७५ अर्ब २४ करोड १९.१ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।

    यो अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ५.६ प्रतिशतले र संशोधित अनुमानको तुलनामा १८.२ प्रतिशतले बढी हो । कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

    राजस्व र वैदेशिक सहायता परिचालन गर्दा अपुग हुने खुद तीन खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट ब्यहोरिने अर्थमन्त्रीको भनाइ छ । 

    पूर्णपाठ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com