काठमाडौं/ सिद्धार्थ बैंक र लाइल्याक वेलनेस एण्ड स्पा बौद्धबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने जनाएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले लाइल्याक वेलनेस एण्ड स्पा काठमाडौंमा बैंकको प्लेटिनम डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सम्पूर्ण सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।