यस वर्ष मनसुन समयभन्दा अघि नेपाल प्रवेश गर्ने अनुमान

यस वर्ष मनसुन समयभन्दा अघि नेपाल प्रवेश गर्ने अनुमान

बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • images
    images
    यस वर्ष मनसुन समयभन्दा अघि नेपाल प्रवेश गर्ने अनुमान
    images
    images

    काठमाडौँ / यस वर्ष मनसुन सामान्यभन्दा चाँडो नेपाल प्रवेश गर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार अघिल्ला वर्षहरूमा पूर्वी नेपालतर्फ जेठको अन्त्यतिर मनसुन प्रवेश गर्ने गरेको भए पनि यसपटक त्यो समयभन्दा केही दिन पहिल्यै मनसुन भित्रिने अनुमान गरिएको छ।

    उनका अनुसार यही जेठ १३ गते भारतको आसाम क्षेत्र, भुटान र बङ्गलादेशको पूर्वी भागमा मनसुन प्रवेश गरिसकेको छ। 

    भूउपग्रहबाट प्राप्त बादलको गतिविधि, वायुमण्डलीय अवस्था र मौसम विश्लेषणको आधारमा जेठ १७ भित्र नेपालमा पनि मनसुन सक्रिय हुने सम्भावना रहेको ढकालले जानकारी दिए।

    यस वर्ष नेपालमा वार्षिक औसतभन्दा बढी वर्षा हुने प्रक्षेपणसमेत गरिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com