बागमती र गण्डकी प्रदेशलगायतका स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

बागमती र गण्डकी प्रदेशलगायतका स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • images
    images
    बागमती र गण्डकी प्रदेशलगायतका स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
    images
    images

    काठमाडौँ / हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । 

    यसैगरी, देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा र  हिमपातको सम्भावना रहेको छ।

    आज राति बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ ।

    यसैगरी, भोलि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    देशको उच्चपहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा र  हिमपातको सम्भावना रहेको छ। 

    बिहीबार राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरु र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी बर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ ।

    मौसमविद्ले मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको क्षेत्रमा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com