नयाँ गभर्नरको ‘उपहार’ले खुशी भएनन् लगानीकर्ता !, किन बढेन बजार ?

नयाँ गभर्नरको ‘उपहार’ले खुशी भएनन् लगानीकर्ता !, किन बढेन बजार ?

सोमवार, जेठ १२ २०८२
सोमवार, जेठ १२ २०८२
  • नयाँ गभर्नरको ‘उपहार’ले खुशी भएनन् लगानीकर्ता !, किन बढेन बजार ?

    काठमाडौँ / साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले सोमबार  चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशतमा झारेको थियो । 

    images
    images

    नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले लगानीकर्ताहरूलाई ‘उपहार’ स्वरूप यस्तो व्यवस्था गरेको भए पनि बजारमा भने खासै उत्साह नदेखिएको हो । 

    जोखिम भार घटेमा लगानीकर्ताको आत्मबल बढ्ने र बजारमा दीर्घकालसम्म टिक्ने बताइएको थियो । लगानीकर्ताहरूले लामो समयदेखि जोखिम भार घटाउनुपर्ने माग राख्दै आएका थिए । 

    मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले लगानीकर्ताहरूको माग सम्बोधन गरे पनि बजारमा बिक्रीकर्ता हाबी हुँदा पनि पनि बजार घटेको हो । सेयर बेचेर बजारबाट बाहिरिने लगानीकर्ताहरू बढेसँगै आज नेप्से परिसूचक ५.२१ अङ्कले घटेर २६७४.७६ विन्दुमा झरेको छ । 

    त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.३७ अङ्क, फ्लोट इण्डेक्स ०.३२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १५ अङ्कले घटेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । 

    यस दिन ७ अर्ब ५८ करोड ५० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ जबकि आइतबार ७ अर्ब ६० करोड ९५ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।

    सोमबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक सामान्य बढेको छ । जसमध्ये बैंकिङ उपसमूह ०.१७ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ०.७९ प्रतिशतले बृद्धि भएको छ । त्यसैगरी ११ वटा उपसमूहको सूचक घटेको छ । 

    जसमध्येमा सबैभन्दा धेरै माइक्रोफाइनान्स उपसमूहको परिसूचक १.५० प्रतिशतले घटेको छ । यसैगरी, होटल तथा पर्यटन समूह ०.९१ प्रतिशत, विकास बैंक ०.२७, वित्त ०.१२, हाइड्रोपावर ०.०६, लगानी ०.१५, जीवन बिमा ०.२०, म्युचुअल फण्ड ०.०८, निर्जीवन बिमा ०.३२, अन्य ०.४८ प्रतिशत र व्यापार समूह ०.१३ प्रतिशतले घटेको छ । 

    घटेको बजारमा सोमबार पनि ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्य सर्किट लेभलमा बृद्धि भएको छ । सो कम्पनीको सेयरमूल्य आज ११२ रुपैयाँ ६० पैसा बढेर एक हजार २३९ रुपैयाँ ३० पैसा कायम भएको छ । 

    त्यस्तै, सोमबार उपकार लघुवित्तको सेयर मूल्य ६.१९ प्रतिशतले बढेर कारोबार भएको हो। आज कारोबारमा आएका कम्पनीहरूमध्ये गुँरास लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । 

    सोमबार यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । त्यस्तै, बाराही हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.८५ प्रतिशत घटेको छ ।

    कारोबार रकमका आधारमा यसदिन राधी विद्युत कम्पनीको शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६४ करोड ३१ लाख हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

    सोमबार न्यादी ग्रुप पावर कम्पनीको ५६ कारोड ३१ लाख रुपैयाँ र यूनिभर्सल पावर कम्पनीको ४५ करोड ३९ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय