सेयर बजार : नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम, माइक्रो फाइनान्समा झुम्मिए लगानीकर्ता

सेयर बजार : नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम, माइक्रो फाइनान्समा झुम्मिए लगानीकर्ता

आइतवार, जेठ ११ २०८२
आइतवार, जेठ ११ २०८२
  • सेयर बजार : नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम, माइक्रो फाइनान्समा झुम्मिए लगानीकर्ता

    काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार नै नेप्से परिसूचक ८.५७ अङ्कले घटेको छ । गत बिहीबार बढेको बन्द भएको बजार आज भने घटेर २६७.९८ विन्दुमा झरेको हो । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.४६ अङ्क, फ्लोट इण्डेक्स ०.५९ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अङ्कले घटेको छ । 

    images
    images

    यता, कारोबार रम पनि घटेको छ । यसअघि गत बिहीबार ९ अर्ब ८२ करोड २० लाख रुपैयाँको सेयर खरिद बिक्री भएको बजारमा आज आइतबार भने ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार रुपैयाँको कारोबार भएको छ । 

    आइतबार ३१४ कम्पनीको १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर ७० हजार ६१० पटकमा खरिद बिक्री भएको हो । आज कारोबारमा आएका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ । 

    माइक्रोफाइनान्स उपसमूहको परिसूचक सबैभन्दा धेरै २.५६ प्रतिशतले बढेको छ । व्यापार समूहको सूचक सामान्य बढेको छ । बाँकी रहेका ११ उपसमूहको परिसूचक घटेको छ । 

    यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक २.९६ प्रतिशत घटेको छ भने विकास बैंक, होटल र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

    यस दिन पनि ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यो कम्पनीको सेयर मूल्य १०२ रुपैयाँ ४० पैसा बढेर एक हजार १२६ रुपैयाँ ७० पैसा पुगेको छ । 

    त्यस्तै, यसदिन रिभरफल्स पावरको सेयरमूल्य करिब ७.५६ प्रतिशत बढेको छ । कारोबारमा आएका कम्पनीहरूमध्ये सिन्धु विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै ८.२८ प्रतिशतले घटेको छ । 

    कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनीको शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ७१ करोड ४९ लाख हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। यसैगरी, यूनिभर्सल पावर कम्पनीको ३० करोड भन्दा बढीको सेयर कारोबार भएको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय