नेपालमा लगानी गर्न श्रीलङ्काको निजी क्षेत्रलाई चेम्बरका अध्यक्ष अग्रवालको आग्रह

नेपालमा लगानी गर्न श्रीलङ्काको निजी क्षेत्रलाई चेम्बरका अध्यक्ष अग्रवालको आग्रह

आइतवार, जेठ ११ २०८२
आइतवार, जेठ ११ २०८२
  • images
    images
    नेपालमा लगानी गर्न श्रीलङ्काको निजी क्षेत्रलाई चेम्बरका अध्यक्ष अग्रवालको आग्रह
    images
    images

    काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालमा लगानी गर्न श्रीलङ्काका उद्यमी व्यवसायीहरूलाई आग्रह गरेका छन् । श्रीलङ्का भ्रमणका क्रममा अध्यक्ष अग्रवालले जलविद्युत, सूचना प्रविधिको क्षेत्र तथा पर्यटन क्षेत्रमा लगानीका लागि त्यहाँको निजी क्षेत्रलाई आग्रह गरेका हुन् । 

    श्रीलङ्काको कोलम्बोस्थित नेपाली राजदूतावासले आयोजना गरेको नेपाल श्रीलङ्का व्यापार एवं व्यवसाय सम्मेलनका क्रममा अध्यक्ष अग्रवालले नेपाल लगानीका लागि अधिक सम्भावना र सुरक्षित प्रतिफलका लागि पनि उत्कृष्ट गन्तव्य रहेकोमा जोड दिए ।

    नेशनल चेम्बर अफ कमर्स श्रीलङ्काका पदाधिकारीहरूसँगको भेटका क्रममा अध्यक्ष अग्रवालले नेपालमा लगानीको प्रतिफल सुनिश्चित गर्ने वातावरण निर्माण भईसकेको भन्दै वर्तमान आर्थिक नीतिगत व्यवस्थाले विदेशी लगानीकर्तामा उत्साह बढाएको उल्लेख गरे । 

    नेपालमा लगानीका क्षेत्रहरूबारे श्रीलङ्काका व्यवसायीहरूलाई जानकारी दिदैं अध्यक्ष अग्रवालले दुई देशका निजी क्षेत्रबीच ठोस रणनीतिक योजनासहित संयुक्त लगानी एवं व्यापार सहजीकरणका लागि सहकार्य गर्नुपर्नेमा जोड दिए । यसका लागि दुई पक्षीय भ्रमणलाई निरन्तरता दिनुपर्ने अग्रवालको भनाई छ । 

    कार्यक्रममा दुई मुलुकबीचको व्यापारिक अवसरहरू, लगानीको चुनौती नीति तथा कानूनी संरचना लगायतका विषयमा विस्तृत विषयमा छलफल भएको थियो । नेपालमा लगानीका लागि श्रीलङकाको निजी क्षेत्र सकारात्मक देखिएको अध्यक्ष अग्रवालले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com