एनआईसी एशिया बैंक कर्मचारी संघद्वारा १० बर्षबढी बैंकमा योगदान पुर्याउने कर्मचारी सम्मानित

एनआईसी एशिया बैंक कर्मचारी संघद्वारा १० बर्षबढी बैंकमा योगदान पुर्याउने कर्मचारी सम्मानित

आइतवार, जेठ ११ २०८२
आइतवार, जेठ ११ २०८२
  • एनआईसी एशिया बैंक कर्मचारी संघद्वारा १० बर्षबढी बैंकमा योगदान पुर्याउने कर्मचारी सम्मानित

    काठमाडौँ / एनआईसी एशिया बैंक कर्मचारी संघले आफ्नो १६ औँ स्थापना दिवसको अवसरमा बैंकमा लामो समयदेखि समर्पित रूपमा सेवा पुर्याएका कर्मचारीहरूलाई सम्मान गरेको छ ।

    images
    images

    यस विशेष अवसरमा, विभिन्न प्रदेशमा सप्ताह व्यापी कार्यक्रम आयोजना गर्दै संस्थामा १० वर्ष वा सोभन्दा बढी समय सेवा पुर्याएका कर्मचारीहरूलाई सम्मान गरी उनीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गरिएको छ । 

    उनीहरूको निरन्तर सेवा, प्रतिबद्धता र निष्ठाले संस्थाको समग्र प्रगति र सफलता हासिल गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । यस सम्मान कार्यक्रम प्रदेशगत रूपमा आयोजित गरिएको छ, जसअनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा कार्यक्रम सम्पन्न भइसकेका छन् । आगामी दिनहरूमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा पनि यस्ता सम्मान कार्यक्रमहरू आयोजना गरिनेछन् ।

    एनआइसी एशिया बैंक कर्मचारी संघले भविष्यमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरूलाई निरन्तरता दिँदै कर्मचारीहरूको मनोबल अभिवृद्धि गर्दै कर्मचारी र संस्थाको समग्र हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय