होटल मार्कोपोलो एण्ड रुफटप रेष्टुरेन्ट सञ्चालनमा, अध्यक्ष ढकालले गरे उद्घाटन

होटल मार्कोपोलो एण्ड रुफटप रेष्टुरेन्ट सञ्चालनमा, अध्यक्ष ढकालले गरे उद्घाटन

शनिवार, जेठ १० २०८२
शनिवार, जेठ १० २०८२
  • images
    images
    होटल मार्कोपोलो एण्ड रुफटप रेष्टुरेन्ट सञ्चालनमा, अध्यक्ष ढकालले गरे उद्घाटन
    images
    images

    काठमाडौँ / ईन्द्रेणी मल्टीप्रपोज ईन्भेस्टमेन्ट प्रालिले होटल मार्कोपोलो एण्ड रुफटप रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ । शनिबार  एक विशेष कार्यक्रमकाबीच उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो ।

    उक्त रेष्टुरेन्टको उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा सम्भावना हुँदाहुँदै पनि कतिपय चिजहरुलाई गुमाइरहेको बताए । उनले नेपालमा साच्चिकै सम्भावना रहेकाले आफ्नै देशमा होटल रेष्टुरेन्ट संचालनमा ल्याउनु सकारात्मक पक्ष भएको बताए ।

    उनले भने, ‘अहिले नेपालमा एकदमै सम्भावना हुँदाहुँदै पनि कतिपय चिजहरुलाई गुमाइरहेका हुन्छौं । कतिपय सम्भावनाहरु अगाडि बढाउनका लागि नकारात्मक वातावरण छैन भन्ने हिसावलाई चिर्नका लागि देशमै केही न केही गर्नुपर्ने भन्ने यो एउटा सकारात्मक उदाहरण हो । नेपालमा साच्चिकै सम्भावना छ भन्ने जुन म्यासेज दिनको लागि र नेपालमा रहनु हुने सबैलाई सम्भावना छ भन्ने उदेश्यले होटल अगाडि बढाउनु भयो यो साच्चिकै राम्रो पक्ष हो ।’

    साथै उनले हरेक नेपाललाई प्रमोट गर्ने एउटा सम्भावित एरियामा लगानी गर्नु सबल पक्ष भएको बताए । उनले मार्कोपोलो प्रालि.ले आफैंमा नेपालको पर्यटक क्षेत्रलाई अगाडि बढाउनमा विशेष भूमिका खेलेको बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com