काठमाडौँ / नेपाली बजारमा विद्युतीय सवारीसाधनप्रतिको चासो तीव्र गतिमा बढ्दै जाँदा विभिन्न ब्रान्डहरूले मूल्य र सेवामा प्रतिस्पर्धा गर्न थालेका छन्। यस्तै, प्रतिस्पर्धात्मक फाइदा लिँदै जेरो इमिसन राइद एन ले आफ्नो चर्चित मोडेल इ३ को मूल्य घटाएको छ। कम्पनीले ग्राहकको बढ्दो माग र पहुँच सहज बनाउने उद्देश्यले मूल्यमा रु. ९ हजार रुपैयाँको कटौती गरेको जानकारी दिएको छ।
चीनको उत्पादक कम्पनीसँग भएको नयाँ सम्झौता वमोजिम स्कुटरको बिक्रि सँख्या टार्गेट पूरा गर्ने र बढी भन्दा बढी बिक्रि वितरण गर्ने सर्तको कारणले पनि खरिद मूल्यमा समायोजन हुँदा मूल्य सस्तो हुन गएको कम्पनीले जनाएको छ ।
गएको वर्ष मंसिरमा नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरिएको सारथी इकुटरको इ३ मोडेलले छोटो समयमै लोकप्रियता हासिल गरेको थियो। अब कम्पनीले मूल्य घटाएरसँगै यो स्कुटरको माग अझै बढ्ने देखिन्छ।
सारथीइकुटरका का बिक्री तथा मार्केटिङ प्रमुख शंकर शर्मा भन्छन्, “इ३ को बजार माग निकै उत्साहजनक छ। ग्राहकहरूको रुचि, प्रतिक्रिया र पहुँचलाई ध्यानमा राख्दै हामीले मूल्य समायोजन गरेका छौँ। पहिले २ लाख २५ हजार रुपैयाँमा उपलब्ध यो स्कुटर अब २ लाख १६ हजार रुपैयाँमा पाइनेछ।”
प्रविधिमा अब्बल, प्रदर्शनमा उत्कृष्ट
सारथीइकुटरको इ३ मा जडान गरिएको ७२ भोल्ट ३८ एएच क्षमताको ग्राफिन ब्याट्रीले एक पटकको पूर्ण चार्जमा अधिकतम १२० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता राख्दछ।
साथै, यसमा ३,००० वाट पीक पावर क्षमताको मोटर रहेको छ, जसले सहर र गाउँका अप्ठेरा तथा चढाइ युक्त उकालो बाटोहरूमा समेत सहज यात्रा गर्न सकिनेछ।
यस स्कुटरमा ‘री–जेनरेटिभ ब्रेकिङ सिस्टम’ को प्रयोग गरिएको छ, जसले ब्रेक लगाउँदा ऊर्जालाई पुनः चार्जमा प्रयोग गर्न मद्दत गर्छ। यस स्कुटरमा प्रोजेक्टर हेडल्याम्प, रिमोट कन्ट्रोलर सिस्टम, मोबाइल चार्जिङ पोर्ट, पार्किङ सेन्सर, तीनवटा ड्राइभिङ मोड, क्रुज कन्ट्रोल , रिभर्स मोड जस्ता सुविधाहरू पनि उपलब्ध छ।
सुरक्षित र व्यावहारिक डिजाइन
इ३ को पछिल्लो संस्करणमा १५५ मिमीको अग्लो ग्राउन्ड क्लियरेन्स दिइएको छ, जुन पहिलेको संस्करणभन्दा सुधारिएको हो। नेपालका अप्ठेरा सडक, स्पीड बम्प, र ग्रामीण भेगको लागि यो अत्यन्तै उपयोगी साबित हुनेछ। स्कुटरमा अगाडि र पछाडि दुवै १२ इञ्चका टायरहरू छन् भने डबल डिस्क ब्रेकले ब्रेकिङ क्षमतामा बलियो सुधार ल्याएको छ।
डिजाइनतर्फ हेर्दा, स्कुटरको सम्पूर्ण बनावट एयरोडायनामिक छ। आकर्षक ग्राफिक डिजाइनसहित पाँच फरक रङ — कालो, सेतो, निलो, खरानी ९ग्रे० र सिल्भर कलरमा उपलब्ध भएकोले सबै उमेर र वर्गका उपभोक्तालाई लक्षित गरिएको छ।
सेवा केन्द्र र चार्जिङ सुविधामा अग्रणी
सारथीइकुटर ब्रान्ड नेपालमा जीरो इमिसन राइड एन कम्पनीमार्फत उपलब्ध छ, जुन सेवा केन्द्र र चार्जिङ पोइन्टको सञ्जालको हिसाबले देशकै अग्रणी ब्रान्ड मानिन्छ। कम्पनीका अनुसार, उनीहरूले ग्राहकलाई गुणस्तरीय बिक्रीपछिको सेवा, सस्तो स्पेयर पाट्र्स र सजिलो मर्मत सुविधा उपलब्ध गराउँदै आएका छन्।
सारथीइकुटरका स्कुटरहरू मूल्यका हिसाबले पनि प्रतिस्पर्धात्मक छन्। हामी सस्तो मात्र होइन, भरपर्दो पनि छौं, शर्मा भन्छन्, “ग्राहकले खरीद गरेपछि कहिल्यै निराश हुनु नपरोस् भन्ने हाम्रो प्राथमिकता हो।”
सारथीइकुटरको इ३ स्कुटरले अब मूल्यमा कटौती गर्दै आफ्ना ग्राहकहरूलाई अझ सहज बनाएको छ।
अत्याधुनिक फिचर, बलियो बनावट, आकर्षक डिजाइन र उत्कृष्ट सेवा सञ्जालको संयोजनले यो स्कुटर नेपालमा विद्युतीय सवारी खोज्ने सबैका लागि एक भरपर्दो विकल्प बन्दै गएको छ।