देशभर मौसम बदली, केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

देशभर मौसम बदली, केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

शनिवार, जेठ १० २०८२
शनिवार, जेठ १० २०८२
  • images
    images
    देशभर मौसम बदली, केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना
    images
    images

    काठमाडौँ / हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावले मौसममा परिवर्तन देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    यसको प्रभावस्वरूप कोशी, मधेस र बागमती प्रदेशका साथै अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ, भने बाँकी भागमा मौसम मुख्यतया सफा देखिएको छ।

    बागमती प्रदेशका केही स्थानहरूमा र कोशी, मधेस, गण्डकी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    मनसुनको सन्दर्भमा, बङ्गालको खाडीको उत्तर पश्चिमका केही भाग र दक्षिण पश्चिमका अधिकांश भागहरू साथै मालदिभ्स र श्रीलङ्कासम्म मनसुन प्रवेश गरिसकेको छ। बङ्गालको खाडीबाट मनसुन क्रमशः जमिनतर्फ सर्दै गरेको जनाइएको छ।

    आज दिउँसो सातै प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ र एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपात हुन सक्ने सम्भावना पनि छ। रातको समयमा पनि यो अवस्थाको निरन्तरता रहनेछ।

    महाशाखाले सातै प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com