नेपाल एसबिआई बैंकद्वारा बालकल्याण आधारभूत विद्यालय, हेमजाका विद्यार्थीहरूका लागि सहयोग

नेपाल एसबिआई बैंकद्वारा बालकल्याण आधारभूत विद्यालय, हेमजाका विद्यार्थीहरूका लागि सहयोग

शुक्रवार, जेठ ९ २०८२
शुक्रवार, जेठ ९ २०८२
  • नेपाल एसबिआई बैंकद्वारा बालकल्याण आधारभूत विद्यालय, हेमजाका विद्यार्थीहरूका लागि सहयोग

    काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेडले बालकल्याण आधारभूत विद्यालय, हेमजामा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि सहयोग गरेको छ ।  

    images
    images

    बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं २५ स्थित उक्त विद्यालयका विद्यार्थीहरूका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको हो ।

    बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले श्री बालकल्याण अधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलार्ई एक कार्यक्रमकाबीच उक्त सामाग्रीहरू हस्तान्तरण गरेका थिए । 

    सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत, विष्णुदेव यादव, सहायक महाप्रबन्धक, अर्जुन नेपाल, प्रमुख कर्जा अधिकृत, रोशन कोइराला र बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो । 

    बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ । नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । 

    हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १८ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय