सुर्खेत / रनवेमा खाल्डो परेपछि मंगलबारदेखि बन्द सुर्खेत विमानस्थल शनिबारदेखि नियमित सुचारु हुने भएको छ । विमानस्थलको रनवेमा खाल्डो परेपछि मर्मतका लागि विमानस्थल चार दिनदेखि बन्द गरिएको थियो । शुक्रबार मर्मतको काम सकिएपछि शनिबारदेखि नियमित जहाड उडानका लागि विमानस्थल सुचारु गरिने सुर्खेत विमानस्थलका प्रमुख हिराजन काफ्लेले बताए ।
विमानस्थलको उत्तरतर्फको भागको रनवेमा पानीको मुल फुटेपछि विमानस्थल बन्द गरेर रनवे मर्मत थालिएको थियो ।
“पहिले देखिएको खाल्डो मर्मत गर्दा रनवेमै अर्को ठाउँमा पानीको मुल फुटेपछि थप दुई दिन विमानस्थल बन्द गर्नु प¥यो” विमानस्थल प्रमूख काफ्लेले भने, “रनवे मर्मत सकिएसँगै शनिबारबार जहाज नियमित गरिने छ ।”
रनवेमा पानी निस्किएर भासिन थालेपछि भौगर्भिक अनुसन्धान गर्ने कार्यपनि अघि बढाइने उनले बताए ।
मंगलबारदेखि विमानस्थल बन्द हुँदा कर्णालीका नागरिक हवाई यात्रा प्रभावित भएको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विमानस्थलको निरिक्षण गरेका थिए । उनले विमानस्थलमा पानी निस्कनुको कारण खोज्न प्राविधिकहरूलाई भनेको बताए ।
“विमानस्थलमुनी पुरै पानी छ भन्ने आशङ्का प्राविधिकहरूको छ” उनले भने, “यसका लागि आवश्यक अनुसन्धान गर्नुपर्ने जरुरी भएको छ ।”