रुसको अपार्टमेन्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु

रुसको अपार्टमेन्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु

शुक्रवार, जेठ ९ २०८२
शुक्रवार, जेठ ९ २०८२
  • images
    images
    रुसको अपार्टमेन्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु
    images
    images

    भ्लादिभोस्तोक (रुस) / रुसको चुकोतका स्वायत्त क्षेत्रको राजधानी अनादिरस्थित एक आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् ।

    अनुसन्धान समितिले शुक्रबार दिएको जानकारीमा प्रारम्भिक अनुसन्धानले घरेलु उपकरणमा विद्युत चुहावट भई आगलागी भएको देखाएको छ । 

    स्थानीय समयअनुसार बिहान ३ः१० मा अपार्टमेन्टको एउटा भान्सामा आगो लागेपछि आगोको लप्कासँगै धुवाँको मुस्लो जमिनभन्दा धेरै माथिसम्म देखिएको जनाइएको छ ।

    आगलागीका कारण तीन पुरुष र एक महिलाको घटना स्थलमा नै मृत्यु भएको र एक जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जनाइएको छ । उक्त भवनबाट १७ जनालाई उद्धार गरी सुरक्षितस्थलमा लगिएको छ ।  

    हाल आगो नियन्त्रणमा आइसकेको र घटनाको अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com