युनाइटेड सिमेन्ट्सद्वारा धादिङ धुनिबेशीमा ४२ जना महिलाहरुलाई सिलाई कटाई तालिम

युनाइटेड सिमेन्ट्सद्वारा धादिङ धुनिबेशीमा ४२ जना महिलाहरुलाई सिलाई कटाई तालिम

शुक्रवार, जेठ ९ २०८२
शुक्रवार, जेठ ९ २०८२
  • images
    images
    युनाइटेड सिमेन्ट्सद्वारा धादिङ धुनिबेशीमा ४२ जना महिलाहरुलाई सिलाई कटाई तालिम
    images
    images

    युनाइटेड सिमेन्ट्स लि. र धुनिवेशी नगरपालिका वडा नं. ९ को सहकार्यमा निशुल्क तीन महिने आधारभूत सिलाई कटाई र दुई महिने एडभान्स् सिलाई कटाई प्रशिक्षण कार्यक्रमको समापन तथा प्रमाणपत्र बितरण कार्यक्रम 


    एल दुगड समूह अन्तर्गतको युनाइटेड सिमेन्ट्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत  ४२ जना स्थानिय महिलाहरूका लागि निशुल्क तीन महिने आधाभूत र दुई महिने एडभान्स् सिलाई–कटाई प्रशिक्षण कार्यक्रम समापन गरेको छ ।


    धुनिवेशी नगरपालिका वडा नं ९ जुगेडी मा रहेको कम्पनीले धुनिवेशी नगरपालिका वडा नं. ९ को सहकार्यमा  कार्यक्रम गरेको हो । 

    कार्यक्रमको उद्देश्य महिलाहरूलाई आत्मनिर्भर बनाउँदै उनीहरूको आर्थिक सशक्तिकरणमा योगदान पु¥याउने उदेश्य रहेको कम्पनीले जनाएको छ । 

    कार्यक्रमको उद्घाटन गर्दै युनाइटेड सिमेन्ट्स लिमिटेडका महाप्रबन्धक हरि कुमार उप्रेतीले कम्पनीले जहिले पनि व्यवसायिक लक्ष्यसँगै सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्ने भएकोले, यस्तो तालिमले महिलाहरूमा आत्मविश्वास अभिवृद्धि गर्दै आयआर्जनका नयाँ अवसर सिर्जना गर्न मद्दत पु¥याउने बताए । 

    सोहि अवसरमा धुनिवेशी नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष एवं तालिम समापन कार्यक्रमका सभापति माधव प्रसाद सिलवालले युनाइटेड सिमेन्ट्स लिमिटेडलाई धन्यवाद व्यक्त गर्दै महिलाहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको यो तीन महिने आधाभूत र दुई महिने एडभान्स् तालिम कार्यक्रमले उनीहरूको जीवनस्तर सुधार्न र आर्थिक रूपमा सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने कुरा बताए । 

    सो कार्यक्रम धुनिबेशी न.पा.का नगर प्रमुख बालकृष्ण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । 

    युनाइटेड सिमेन्ट्स लिमिटेडले शिक्षा, स्वास्थ्य, र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com