बैतडीको खलङ्गा क्षेत्र केन्द्रबिन्दु बनाएर दुईपटक भूकम्प

बैतडीको खलङ्गा क्षेत्र केन्द्रबिन्दु बनाएर दुईपटक भूकम्प

शुक्रवार, जेठ ९ २०८२
शुक्रवार, जेठ ९ २०८२
  • बैतडीको खलङ्गा क्षेत्र केन्द्रबिन्दु बनाएर दुईपटक भूकम्प

    आज बिहान बैतडीको खलङ्गा क्षेत्र केन्द्रबिन्दु बनाएर दुईपटक भूकम्प गएको छ। सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार पहिलो भूकम्प बिहान १ः४८ बजे पाँच दशमलव एक रेक्टर स्केल र दोस्रो भूकम्प २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको मात्रामा गएको थियो।

    images
    images

    लगातार कम्पन महसुस भएपछि स्थानीयबासीहरू घर बाहिर निस्किएका थिए। भूकम्पको धक्का नजिकका दार्चुला, बझाङ र डडेल्धुरामा पनि अनुभव गरिएको छ।

    स्थानीय जनप्रतिनिधिहरूले भूकम्पबाट क्षतिको विवरण सङ्कलन गरिरहेको जानकारी दिएका छन्। अहिलेसम्म मानवीय क्षतिको खबर नआए पनि केही पुराना घरहरूमा चर्किने समस्या देखिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय