बन्दीपुर केबलकार : मनोरञ्जनसँगै एडभेन्चर

बन्दीपुर केबलकार : मनोरञ्जनसँगै एडभेन्चर

बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • images
    images
    बन्दीपुर केबलकार : मनोरञ्जनसँगै एडभेन्चर
    images
    images

    के तपाईँले बन्दीपुर केबलकार चढ्नु भयो ? चढ्नु भएको छ भने जब ८ नम्बरदेखि ९ नम्बरको पिलरबाट उँभो लाग्छौँ तब एडभेन्चर महसुस हुनेछ । केबलकारको त्यो यात्रा रोमाञ्चित मात्रै नभई साहसिक पनि रहेको छ ।

    बन्दीपुर केवलकार झण्डै ९० डिग्री उकालो लाग्दा मन सिरिङ्ग मात्रै हुँदैन त्यहाँबाट देखिने मनमोहक दृश्यले मोहनी नै लगाउनेछ । केवलकारको ९ मिनेटको त्यो यात्राले एड्भेन्चर महसुस गराउनेछ । 

    बन्दीपुर आफैँमा साँस्कृति प्राकृतिक रहस्यले भरिएको पर्यटकीय महत्त्वको क्षेत्र हो । शताब्दिऔँदेखि ब्यापारिक मार्गलाई करिब २०८० जेठ ३१ गतेदेखि व्यवसायिक रूपमा सञ्चालन गरिएको केबलकारले थप विशेष बनाएको छ । 

    ठूल्ढुङ्गास्वाँराबाट सुरु हुने केबुलकारले सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म चुम्छ । 

    एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु नै हो । 

    केबलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ । तनहुँको डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किलोमिटरको उकालो दूरी पार गर्न बसमा करिब २० मिनेट लाग्छ ।
     
    कम्पनीले यात्रुहरूका सहजताको लागि निःशुल्क बसको ब्यवस्था गरेको छ । केबुलकार यात्राबाट भने नौ मिनेटमै बन्दीपुर पुग्न सकिन्छ । केबलकारमा दुई सामान बोक्नेसहित १९ गन्डोलाहरू सञ्चालनमा छन् । 

    केबलकार : मनोरञ्जन र एडभेन्चर सँगसँगै

    केबलकार बटम स्टेशनमा खुला क्षेत्रमा छ । मनोरम दृश्य विविध आकृति, चित्र, फूलको बगैँचा, कालो पिच सडक घुमाउने घर, बार्दली भएको परम्परागत घर केबलकार परिसरमै देखिन्छ । यस्तैगरी बटम स्टेशनमै जङ्गली म्युजियम, चिल्डे«न जोन, ३३ कोटी देवीदेवताका मूर्तिसहितको आकर्षक पार्कले त्यहाँ पुग्ने जोकोहीलाई आकर्षित गराउँछ । 

    banidpur - cabelcar - kuhiro.jpg

    समग्र संरचना बन्दीपुर हिल गुरुयोजना अनुसार निर्माण भएको हो । कतिपय संरचना अझै निर्माणाधिन छ ।
     
    बटम स्टेशनमै पलेटीँ मारेर रैथाने खाजा÷खानाको स्वादको बेग्लै मज्जा लिन सकिन्छ । स्थानीय खाना मकै भटमास प्रत्यक्ष भुटेर खान पाइन्छ । गुन्द्रुकको अचार, छ्याङ तथा कोदो फापरको रोटी, लोकल भालेको मासुलगायत विभिन्न रैथाने परिकार मेनुमा उपलब्ध छ । 

    सँगै जिपलाइन र स्काइ साइक्लिङ जस्ता साहसिक खेलले थप एड्भेन्चर महसुस गराउनेछ । आकाशमा साइक्लिङ गर्दाको मज्जा यहाँ लिन सकिनेछ भने एक ठाउँबाट अर्को ठाउँमा जीप लाइनबाट सरर पुग्दाको आनन्द पनि उठाउन सकिनेछ । साहसिक यात्राको लागि शुल्क भने ३६० रुपैयाँ मात्रै तोकिएको छ । जिपलाइन र स्काइ साइक्लिङको शुल्क बालबालिकाहरूका लागि भने १०० रुपैयाँ रहेको छ । 

    यसैगरी, विदेशी तथा स्वदेशी पर्यटकहरूलाई अन्तर्राष्ट्रिय स्तरको (पाँच तारे) सरहको सुविधा प्रदान गर्ने उद्देश्यले रेष्टुरेन्ट ड्राइभ इन सञ्चालनमा छ । सँगै एक सौगात पसल रहेको छ । जहाँ स्थानीय उत्पादनहरू जस्तै गाजाबाट बनेका सामग्री, हातले बनाइएको साबुन तथा बाँसबाट बनाइएका विभिन्न प्रोडक्टहरू उपलब्ध छन् । 

    केबलकारबाट बन्दीपुर जाँदै गर्दा ९० डिग्रीको उकालो जस्तो देखिने चट्टान आरोहण गरेझैँ हुँदा पर्यटकले एडभेन्चर महसुस गर्नेछन् । नेपालका अन्य केबलकारमा भने यस्तो अनुभूत गर्न पाइदैँन ।  

    केबलकार चोकदेखि मन्दिरसम्म एक हजार ७ सय मिटर दुरी ७ मिनेटमा पार गर्न सकिन्छ । प्राकृतिक छटा हेर्दै सिधैँ बेसीदेखि हुस्सु कुहिरो छेडेर माथि पहाडको टुप्पमा पुग्दा जोकोहीले भन्ने छन्, वाउ...पहाडी रानी बन्दीपुर ! मौसम बदली हुँदा तथा हिउँदका बिहानहरूमा अझ आकर्षक देखिन्छ । 

    sky scycleing.jpg

    निर्माणाधीन १७ तले ‘क्वीन टावर’ नामको पाँचतारे होटल आगामी ६ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । यस्तैगरी संसारकै अग्लो दाबी गरिएको २९३ मिटर अग्लो बन्जी जम्प बन्ने क्रममै छ । 

    रोजगारी सिर्जना, स्थानीयलाई प्राथमिकता
     
    केबलकारमा कार्यरत करिब ७० जना कर्मचारीमध्ये स्थानीय व्यक्तिहरू धेरै छन् । कम्पनीले रोजगारीमा स्थानीयलाई पहिलो प्राथमिकता दिएको छ । 

    सुरक्षा : कम्पनीको पहिलो प्राथमिकता 
     
    सुरक्षा र गुणस्तरलाई पहिलो प्रथामिकता दिएको कम्पनीलाई कमर्सियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त छ । टियुभी नर्ड जर्मनी अन्तर्गतको कम्पनी टियुभी नर्ड इन्डियाले परियोजनाको सुपरीवेक्षण गरी सर्टिफिकेट प्रदान गरेको हो । 

    बन्दीपुर केबलकार व्यवसायिक रूपमा सञ्चालन गरेको यो जेठमा दुई वर्ष पूरा हुन्छ । कम्पनीका अध्यक्ष रामचन्द्र शर्मा हुन् । विश्वको लेटेष्ट केबलकार प्रविधि यहाँ प्रयोग भएको भनिन्छ ।  इण्डियाको प्रविधि र स्वीजरल्याण्डको प्रविधिमा निर्माण गरिएको छ । 

    himal - bandipur cabelcar.jpg
    नेपालको सबैभन्दा ठूलो गन्डोला रहेको केबलकार मुलुकभरका भिन्न विशिष्टताको केबलकारमध्ये एक हो । जुन युनिक र आकर्षक छ । 

    अत्याधुनिक ब्रेकिङ प्रणाली भएको यो केबलकार जतिसुकै ठूलो हावाहुरीमा पनि सुरक्षित रहेको छ । यद्यपि हावाहुरीको समयमा केबलकार बन्द गरिन्छ ।  २४सै घण्टा तयारी ‘रेस्क्यू टिम’ अथिति सत्कारको अनुपम ब्यवहारले दोहोर्यएर जोसुकैलाई बन्दीपुर केवलकार चढ्न कर लाग्छ ।
     
    प्रतिघण्टा ५ सय जना यात्री बोक्न सक्ने क्षमता रहेको केबलकार हाल विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन भइरहेको छ । केबलकारमा २३ ओटा गन्डोलामध्ये १९ ओटा सञ्चालनमा छ ।
      
    सेवा तथा विशेष छुट

    केबलकारले जेष्ठ नागरिकलाई विशेष छुट दिएको छ । विद्यार्थीलाई ३५० रुपैयाँमै आउजाउ गर्न सक्नेछन् । विदेशी पर्यटकहरूका लागि भने बन्दीपुर केबलकार मुलुकका अन्य केवलकारभन्दा सस्तो छ । बन्दीपुर केबलकारले पर्यटकहरूसँग आउन जानको लागि ७ सय रुपैयाँ मात्रै शुल्क तोकेको छ । 

    annapurna cable car.jpg

    करिब १ लाख २५ हजार बढीले सेवाको अनुभव लिइसकेका छन् । स्थानीय व्यक्तिहरू, सरकारी निकाय, निःशुल्क यात्रा सुविधा लिएका व्यक्तिहरूसहित गर्दा यो सङ्ख्या अझ बढी रहेको छ । 

    सबैभन्दा धेरै आन्तरिक पर्यटक तथा भारतीयहरूले सेवा लिएको छ । पाँचतारे होटल निर्माणपश्चात विदेशी पर्यटकको सङ्ख्यामा अझै उल्लेख्य बृद्धि हुनेछ ।
     
    आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केवलकार परियोजना निर्माण भएको हो । 

    (लेखा तथा प्रशासनिक अधिकृत लालबहादुर थापासँग गरिएको कुराकानीमा आधारित) 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com