बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको प्रभाव : यी प्रदेशहरूमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको प्रभाव : यी प्रदेशहरूमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • images
    images
    बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको प्रभाव : यी प्रदेशहरूमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना
    images
    images

    काठमाडौँ / जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

    मङ्गलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    देशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी प्रदेश प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भानवा रहेको छ ।

    मङ्गलबार राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

    कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको थोरै स्थानहरूमा र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका ‍एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com