नेप्से परिसूचक २.७९ अङ्कले घट्दा साढे ८ अर्बको कारोबार, कसले कति गुमाए ?

नेप्से परिसूचक २.७९ अङ्कले घट्दा साढे ८ अर्बको कारोबार, कसले कति गुमाए ?

आइतवार, जेठ ४ २०८२
आइतवार, जेठ ४ २०८२
  • नेप्से परिसूचक २.७९ अङ्कले घट्दा साढे ८ अर्बको कारोबार, कसले कति गुमाए ?

    काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.७९ अङ्कले घटेर २६०९.०५ विन्दुमा कायम भएको छ। पछिल्लो छ कारोबार दिन आज पनि नेप्से परिसूचकमा गिरावट देखिएको हो।

    images
    images

    आज ३०९ कम्पनीको एक करोड ६९ लाख सात हजार ७३७ कित्ता सेयर ७९ हजार ८९३ पटक खरिदबिक्री हुँदा ८ अर्ब ५० करोड ९२ लाख २१ हजार ३१२.६१ को कारोबार भएको छ।

    आज सय कम्पनीको सेयर मूल्य बढ्दा एक सय ४५ कम्पनीको घटेको छ भने एउटा स्थिर अवस्थामा छ। ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

    त्यस्तै, छाब्दी हाइड्रोपावर लिमिटेड ९.९९, विन नेपाल लघुवित्तीय संस्था लिमिटड ९.५३, नेपाल पुनर्बिमा कम्पनी ८.४१, बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्य ७.३२ प्रतिशतले बढेको छ। 

    आज सबैभन्दा बढी कर्पोरेट डेभपलमेन्ट बैँक लिमिटेडको सेयर मूल्य ८.७१ प्रतिशतले घटेको छ। साथै सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीको ७० करोड ३७ लाखको सेयर कारोबार भएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय