कर्णालीका विषयमा सरकार मजाक गरिरहेको छ : सांसद कठायत

कर्णालीका विषयमा सरकार मजाक गरिरहेको छ : सांसद कठायत

आइतवार, जेठ ४ २०८२
आइतवार, जेठ ४ २०८२
  • images
    images
    कर्णालीका विषयमा सरकार मजाक गरिरहेको छ : सांसद कठायत
    images
    images

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले कर्णालीका सांसदहरूले देशका अन्य ठाउँमा राज्यले गरेको लगानी र कर्णालीमा भएको लगानीको तुलनात्मक जवाफ खोजिरहेको बताएकी छन् । 

    आइतबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले कर्णालीका मुद्दालाई गम्भीर रूपले उठाउने गरेपनि सरकारले फितलो जवाफ दिने गरेको बताइन् । 

    ‘हामी कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदहरूले कर्णालीका मुद्दालाई गम्भीर रूपले उठाउने गर्दछाँै । तर यो सरकार भने अति नै फितलो जवाफ दिने गर्दछ । हामीले सरकारसँग देशका अन्य ठाउँमा राज्यले गरेको लगानी र कर्णालीमा भएको लगानीको तुलनात्मक जवाफ खोजिरहेका हुन्छौँ । यदी कर्णालीलाई क्षति भएको निष्कर्ष हो भने क्षतिपूर्ति सहितको राज्यको लगानी खोजिरहेका छाँै । तर, सरकार भने मजाक गरिराखेको छ,’ उनले भनिन् । 

    उनले सरकार कर्णाली जनतासँग मजाक गरिरहेको भन्दै विकासका नाममा पुरानै गुनगान गाइरहेको पनि बताइन् । 

    ६० को दशकमा बनेको सुर्खेत–जुम्ला कोडिडोर, ३० को दशकमा बनेको विमानस्थल र डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले बनाएको कर्णाली स्वास्थ्य प्रतिष्ठानको गुनगान गाएर बस्दा जिम्मेवारी पूरा नहुने उनको जिकिर थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com