चार ओटा वायुको प्रभाव कायमै : यी प्रदेशहरूमा मेघगर्जन र चट्याङ्सहित बर्षा

चार ओटा वायुको प्रभाव कायमै : यी प्रदेशहरूमा मेघगर्जन र चट्याङ्सहित बर्षा

शनिवार, जेठ ३ २०८२
शनिवार, जेठ ३ २०८२
  • images
    images
    चार ओटा वायुको प्रभाव कायमै : यी प्रदेशहरूमा मेघगर्जन र चट्याङ्सहित बर्षा
    images
    images

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । 

    हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती प्रदेश, गण्डकी प्रदेश  लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली र बाँकी भूभागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। 

    बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन रचट्याङ्सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ।

    आज (शनिबार) कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका  थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्चपहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

    आइतबार कोशी प्रदेश, बागमती प्रदेश ,गण्डकी प्रदेश र लुम्बिनी प्रदेश  लगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्चपहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

    केही स्थानहरूमा गर्मीका कारण तथा थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com