पश्चिमी तथा स्थानीय वायु, बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाका कारण कहाँ कहाँ हुँदैछ  मेघगर्जन र चट्याङ्सहित बर्षा ?

पश्चिमी तथा स्थानीय वायु, बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाका कारण कहाँ कहाँ हुँदैछ  मेघगर्जन र चट्याङ्सहित बर्षा ?

शुक्रवार, जेठ २ २०८२
शुक्रवार, जेठ २ २०८२
  • images
    images
    पश्चिमी तथा स्थानीय वायु, बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाका कारण कहाँ कहाँ हुँदैछ  मेघगर्जन र चट्याङ्सहित बर्षा ?
    images
    images

    काठमाडौँ / जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

    आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । 

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्चपहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

    आज राती कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानमा र बांकी भुभागका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्ग्सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    शनिबार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै, यी प्रदेशहरूको पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com