ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’को प्रदर्शनी

ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’को प्रदर्शनी

बिहिवार, जेठ १ २०८२
बिहिवार, जेठ १ २०८२
  • images
    images
    ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’को प्रदर्शनी
    images
    images

    पुस्तौँदेखि आमा–छोरीको सम्बन्धमा आकार दिने मिलन र बिछोडका अनेकन् आयामहरूलाई समेटेर  ‘पेटका केही कुरा’ (सम थिङ्स इन द बेल्ली) मल्टिमिडिया प्रदर्शनी काठमाडौँमा हुने भएको छ। 

    ‘पेटका केही कुरा’ कला प्रबन्धक (आर्ट क्युरेटर)  बुनु ढुङ्गानाले तयार गरेकी हुन् । उक्त प्रदर्शनी काठमाडौँ बबरमहलमा रहेको नेपाल कला परिषद्‌ (आर्ट काउन्सिल)मा शुक्रबारसम्म आयोजना हुनेछ।

    यो प्रदर्शनी, ब्रिटिस काउन्सिलको सहयोगमा लक्स तथा आर्ट साउथ एसिया प्रोजेक्टले आर्ट एक्सचेन्ज ः मुभिङ इमेज साउथ एसिया कार्यक्रम अन्तरगत आयोजना गरेका हुन्।

    नेपालका कलाकार तथा कला व्यवसायीहरूका लागि अवसर सिर्जना गर्ने र बेलायतको कला क्षेत्रमा उनीहरूको सम्बन्ध स्थापित गराउने प्रतिबद्धतासँगै ब्रिटिस काउन्सिलले बुनु ढुङ्गानालाई ‘आर्ट एक्सचेन्ज : मुभिङ इमेज साउथ एसिया’ कार्यक्रममा सहभागी हुन सहयोग गरेको थियो ।

    यो कार्यक्रम अन्तरगत भर्खर काम सुरु गरेकादेखि व्यवसायमा स्थापित हुने क्रममा रहेका भिजुअल आर्ट क्युरेटरहरूलाई सिद्धहस्त व्यवसायीहरूबाट मार्ग निर्देश (मेन्टरशिप), व्यावसायिक विकास, र सञ्जालको विकास (नेटवर्किङ)को अवसर प्रदान गरिएको थियो ।

    बुनु ढुङ्गाना २०२४ नोभेम्बरमा बेलायतमा गएर दक्षिण एसियाली अन्य क्युरेटरहरूसँग अनुसन्धान र नेटवर्किङ कार्यक्रममा सहभागी भएका थिए । 

    बुनुले बेलायत तथा नेपाली कलाकारहरूको चलायमान कलाकृतिहरू (मुभिङ इमेज)लाई समेट्ने प्रदर्शनी आयोजना गर्न सहयोग प्राप्त गरेका थिए । 

    ‘पेटका केही कुरा’ (सम थिङ्स इन द बेल्ली)मा समावेश चित्रकला, त्रि(आयाम स्थापना कलाकृति , कविता, छोटो कथा, चलचित्र, चिठ्ठी, र मञ्चनकलाका प्रस्तुतिहरूले चिन्तन, संवाद, र संयोजनको बहुपक्षीय स्थानको सिर्जना गरेका छन् । यो प्रदर्शनीमा आफ्ना सिर्जनामार्फत अस्मिता वादी, श्रद्धा देवकोटा, इरिना गिरी, उज्ज्वला महर्जन, तृप्ति तामाङ पाख्रिन, सृष्टि श्रेष्ठ, प्रतिभा तुलाधर र बेलायतकी रेचल लोवले आफ्ना भावनात्मक तथा सांस्कृतिक आयामहरूको सञ्चार, अनुभूति, र संवाद कसरी गरिन्छ भन्ने प्रतिबिम्बित गरेका छन् । 

    प्रदर्शनीसँगै कलाकारसँगको संवाद, प्रस्तुतिहरू, व्याख्यानहरू, कार्यशाला, मञ्चन र चलचित्र प्रदर्शनहरूको आयोजना गरिएको छ । बुनु ढुङ्गानाको यो प्रदर्शनीले पुस्ता, संस्कृति, र अनुभवहरू बिचको बुझाइको सम्भाव्यता र चुनौतीहरूको अन्वेषण गर्छ। 

    परम्परागत संरचनाबाट परिभाषित भूमिकाहरूभन्दा बाहिर हामी कसरी एक अर्कालाई चिन्छौँ ? नजिकिन चाहने इच्छालाई स्वीकार गर्दागर्दै एक किसिमको दूरीको आवश्यकतालाई कसरी सम्बोधन गर्ने ? यस प्रदर्शनीले यस्ता सम्बन्धहरूको मौन जटिलता र भावनात्मक, सांस्कृतिक र पुस्तागत अन्तरहरू बिचको सेतुको काम गर्ने साझा भाषाको अन्वेषणको चुनौतीहरूलाई प्रस्तुत गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com