काठमाडौँ / सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शुभलक्ष्मी जीवन बिमा योजना लोकप्रिय बन्दै गएको छ । यो बिमालेखले न्यून बिमाशुल्कमा बिमाङ्कको तीन गुणासम्म जोखिम बहन गर्ने भएकाले ग्राहकवर्गको रोजाइमा परेको हो ।
बचत र रक्षावरण दुवैको दृष्टिकोणबाट यो उत्कृष्ट योजना हो । सामान्य स्तरको आय आर्जन र तुलनात्मक रूपमा अधिक जोखिम हुने खालका पेसा अपनाएका व्यक्तिहरूका लागि यो उत्कृष्ट योजना हो ।
योजनाको विशेषता
यस योजनाले न्यून बिमाशुल्कमा बिमाङ्कको तीन गुणासम्म जोखिम बहन गर्दछ । बिमितको प्राकृतिक कारणबाट मृत्यु भएमा बिमाङ्कको २ गुणा र दुर्घटनाको कारणबाट मृत्यु भएमा ३ गुणा रकम हकवालालाई भुक्तानी गरिन्छ ।
यस्तै, विभिन्न १८ वटा घातक रोगमध्ये कुनै पनि एउटा रोगको पहिचान भएमा १० लाख रुपैयाँ बिमाङ्कसम्मको एकमुष्ट भुक्तानी गर्दछ ।
यसले बिमितलाई उपचारका लागि रकम जुटाउने तनावबाट मुक्ति दिलाउँछ ।
कुनै बिमितले १० लाख बिमाङ्क भएको शुभ लक्ष्मी जीवन बिमा योजना खरिद गरे भने बिमा अवधि सकिएपछि १० लाख रुपैयाँसँगै पूरा अवधिभर आर्जित बोनस पनि एकमुष्टमा प्राप्त गर्नेछन् ।
यदि बिमा अवधि नसकिदै बिमितको दुर्घटनाका कारण मृत्यु भयो भने हकवालालाई यो पोलिसी अनुसार ३० लाख रुपैयाँ र आर्जित बोनस एकमुष्टमा भुक्तानी गरिन्छ । प्राकृतिक मृत्यु भएका हकमा भने हकवालाले २० लाख रुपैयाँ र आर्जित बोनस एकमुष्टमा पाउनेछन् ।
बिमा योजनाको लागि योग्यता
यो बिमा योजना १८ वर्ष पूरा भएर ६० वर्ष ननाघेका जो कोहीले पनि खरिद गर्न सक्नेछन् । यो बिमा योजनाको अवधि न्यूनतम् १० देखि अधिकतम ५२ वर्षसम्मको हुन सक्नेछ । यो योजना अन्तर्गत बिमितले आफ्नो आर्थिक क्षमता अनुसार २५ हजारदेखि १० लाख रुपैयाँसम्मको बिमाङ्क रकम रहेको बिमालेख खरिद गर्न सक्नेछन् ।
१८ वर्षकै उमेरमा यो बिमा योजनाको अधिकतम अवधितर्फको बिमालेख खरिद गर्ने बिमित ७० वर्षको हुँदा उसको बिमा म्याच्युर हुनेछ ।
प्रिमियम तिर्ने तरिका
यो योजनामा प्रिमियम भुक्तानी गर्ने तरिका पनि लचिलो रहेका छन् । बिमितले वार्षिक, अर्धवार्षिक र त्रैमासिक गरी तीन तरिकाले प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।
तपाईंले दैनिक एउटा बर्गरको पैसा बचत गरेर आफू निवृत्त हुँदा १० लाख रुपैयाँ र आर्जित बोनस रकम एकमुष्टमा भुक्तानी पाउनुहुनेछ ।
बिमाको लागि सानिमा रिलायन्स नै किन ?
जीवन अनिश्चित भएकाले जीवन बिमा गरी निर्भिक रहेर मात्र नियमित आम्दानीको बाटो पहिल्याउन सकिन्छ । तर, जीवनको अनिश्चितताबीच आम्दानी दीर्घकालीन हुन नसक्ने हुँदा जीवन बिमाको माध्यमले आर्थिक सुरक्षा, बचत र उन्नतिको निश्चिन्तता बनाई राख्नु अहिलेको आवश्यकता हो ।
पारिवारिक र अन्य आर्थिक जिम्मेवारी कुशल र सहज रूपमा वहन गर्न यो योजना फलदायी साबित हुनेछ । सम्पन्न र सुदृढ परिवार निर्माणको चाहना राख्ने सबैले यो बिमालेख खरिद गर्न सक्नेछन् ।
सानिमा रिलायन्सले नेपालमै उत्कृष्ट जीवन बिमालेखहरू प्रदान गर्दै आएको छ । नेपाली समाजको आवश्यकता पहिचान गरेर फरक र नयाँ किसिमका बिमालेखहरू पस्कन कम्पनी सफल र सक्षम रहेको छ ।
यो कम्पनी आर्थिक रूपमा सुदृढ र सम्पन्न छ भने पारदर्शिता र सुशासनलाई इन्स्योरेन्सले सधैँ मूल मन्त्र मान्दै आएको छ । त्यसकारण सानिमा रिलायन्स लाइफसँग ग्राहकको बिमालेख हरेक प्रकारले सुरक्षित रहेको हुन्छ ।
देशभर १६९ शाखा सञ्जाल रहेको कम्पनीको पूँजी ५ अर्बभन्दा बढी, २० अर्बभन्दा बढीको लगानी रहेको छ भने २० हजारबढी अभिकर्ताहरू कम्पनीमा कार्यरत छन् ।