आज मेघगर्जन र चट्याङ्सहित वर्षा तथा हावाहुरीको सम्भावना कहाँ कहाँ छ ?

आज मेघगर्जन र चट्याङ्सहित वर्षा तथा हावाहुरीको सम्भावना कहाँ कहाँ छ ?

बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • images
    images
    आज मेघगर्जन र चट्याङ्सहित वर्षा तथा हावाहुरीको सम्भावना कहाँ कहाँ छ ?
    images
    images

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। गण्डकी प्रदेशमा साधारणतया बदली, बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ । 

    गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

    कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । 

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    देशका उच्चपहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

    मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका भूभाग लगायत देशका पहाडी भूभागका पनि धेरै स्थानहरूमा अधिकतम तापक्रम बढ्ने सम्भावना रहेको मौसमविद्ले जनाएको छ । 

    साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा  मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ। 

    मौसमी अवस्थाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com