भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो, हामीले कुरा गर्यौँ, रोकियो : प्रधानमन्त्री ओली

भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो, हामीले कुरा गर्यौँ, रोकियो : प्रधानमन्त्री ओली

सोमवार, बैशाख २९ २०८२
सोमवार, बैशाख २९ २०८२
  • images
    images
    भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो, हामीले कुरा गर्यौँ, रोकियो : प्रधानमन्त्री ओली
    images
    images

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र पाकिस्तानबीचको हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाएको बताएका छन् । सोमबार लुम्बिनीमा २६४९औँ बुद्धजयन्ती एवं २५६९औँ बुद्धसम्वत तथा लुम्बिनी दिवस २०८२ मूल समारोहलाई सम्बोधन गर्दै उनले बुद्धका शान्तिको सन्देशहरूका कारण छिमेकी राष्ट्र भारत र पाकिस्तानबीचको स्थिती सामान्य अवस्थामा परिणत भएको बताएका हुन् । 

    उनले भने, ‘बुद्धका उपदेशहरू हुन् । ती उपदेशमार्फत् जुन शिक्षा बुद्धले दिनुुभएको छ । ती विश्वका लागि महत्वपूर्ण छन् । झण्डैझण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेक भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो तर बढ्न पाएन । संयमका लागि धन्यवाद छ । हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् । यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना ग-यौँ, उहाँहरूसँग पनि कुरा ग-यौँ । नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही –केही आरोप प्रत्यारोपको स्थिति छ । अर्थात् बुद्धका शान्तिको सन्देशहरूको अर्थ अहिले पनि छ, जहाँ पनि छ, व्यक्तिलाई छ, व्यक्तिको आफ्नो मनस्थितिको शान्तिका लागि छ, परिवारको शान्तिका लागि छ र सबै कुराका लागि शान्तिको महत्त्व छ ।’  

    उनले मासड्रिस्टक्सनका हतियारहरूको निर्माण हुनु मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि खतरनाक रहेको बताए । 

    ‘आज जति बेला मासड्रिस्टक्सनका हतियारहरूको निर्माण र त्यो थुप्रो लगाउने काम भइरहेको छ । यो मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक चिज हो । यसकारण यस खतरनाक चिजबाट उन्मुक्तिका लागि हामी फेरि पनि विश्व शान्तिको पक्षमा रहनु पर्दछ र काम गर्नु पर्दछ,’ उनले भने । 

    उनले बुद्धका मुख्य उपदेशहरू र आर्दशहरूलाई समाउनुु पर्ने भन्दै लुम्बिनी क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना बुुद्धिजमको सन्दर्भमा खोज अध्ययन र अनुुसन्धानमा महत्वपूर्ण योगदान पुु-याउने बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com