तराईका बजारमा विषादीयुक्त तरकारी छ्यापछ्याप्ती, काउलीमा सबैभन्दा बढी

तराईका बजारमा विषादीयुक्त तरकारी छ्यापछ्याप्ती, काउलीमा सबैभन्दा बढी

मंगलवार, बैशाख २३ २०८२
मंगलवार, बैशाख २३ २०८२
  • images
    images
    तराईका बजारमा विषादीयुक्त तरकारी छ्यापछ्याप्ती, काउलीमा सबैभन्दा बढी
    images
    images

    इटहरी / मङ्गलबार धरान उपमहानगरपालिकामा २४ क्विन्टल भन्दा बढी तौलको काउली(फूलकोवी) नष्ट गरियो । काउली जाँच गरिएको विषादीका मात्रा ९७.४ प्रतिशत रहेको थियो । 

    धरान–१३ स्थित कृषि बजारमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईले परीक्षण गर्दा विषादीको मात्रा अत्यधिक देखिएकाले तत्काल नष्ट गरिएको धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाले बताए । 

    नजिकै रहेको इटहरी उपमहानगरपालिकाले गर्ने बजार अनुगमनका क्रममा पनि अखाद्य सामग्री प्रशस्तै भेटिने गरेको उपमहानगरपालिका स्रोत बताउँछ । स्रोतका अनुसार त्यस्ता सामग्रीलाई तत्काल नष्ट गर्ने गरिएको छ । 

    यी लगायत तराईका बजारहरूमा विषादी मिसिएका तरकारीहरूको प्रयोग नागरिकले प्रत्येक दिनहुँजसो गरिरहेका हुन्छन् । धरानमा परीक्षण गरिने प्रयोगशालाको पछिल्लो विवरणअनुसार नै अन्य तरकारीहरूमा धेरै मात्रामा विषादी भेटिएको छ । 
     
    त्यहाँ गरिएको परीक्षणमा सादा सिमीमा ७.४४ प्रतिशत, गाँजरमा १०.११ प्रतिशत, खीरामा ३०.७३ प्रतिशत, गोलभेँडामा २५.२१ प्रतिशत, काउली (बन्दाकोबी)मा २९.६९ प्रतिशत, घिरौँलामा ३०.७८ प्रतिशतसम्म विषादी भेटाएको छ । 

    यो तथ्याङ्कअनुसार पनि मानिसको भान्सामा कति विषादी पुग्छ भन्ने यकिन अवस्था छैन । जनस्वास्थ्यका जानकारहरू नागरिकको स्वास्थ्यमा गम्भीर खेलबाड गर्ने जो केहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउँछन् । 

    धरानको प्रयोगशालाले ३५ प्रतिशत भन्दा कम विषादी भएको तरकारीलाई उपभोग योग्य, ३५–४५ प्रतिशत सम्मकोलाई केही दिन राखेर खान मिल्ने, तर ४५ प्रतिशतभन्दा बढी भएमा पूर्ण रूपमा नष्ट गर्नुपर्ने मापदण्ड अनुसार परीक्षण गर्दै आएको प्रयोगशालाका नायब प्राविधिक सहायक रूपेश रिजालले जनाएका छन् । 

    उनका अनुसार नेपालभरका थोक कृषि बजारमा कार्बामेट र अर्गानोफस्फेट समूहको विषादी मात्र परीक्षण हुँदै आएको छ । स्थानीहरूले भारतबाट आउने तराकारीहरूको समेत परीक्षण गरेर कडाइ गर्नुपर्ने बताएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com