सानिमा रिलायन्सको ‘मेरो मुटु बाल जीवन बिमा’ योजना : अब बचत, सुरक्षा र भविष्य निर्माण एकैसाथ

सानिमा रिलायन्सको ‘मेरो मुटु बाल जीवन बिमा’ योजना : अब बचत, सुरक्षा र भविष्य निर्माण एकैसाथ

आइतवार, बैशाख २१ २०८२
आइतवार, बैशाख २१ २०८२
  • images
    images
    सानिमा रिलायन्सको ‘मेरो मुटु बाल जीवन बिमा’ योजना : अब बचत, सुरक्षा र भविष्य निर्माण एकैसाथ
    images
    images

    काठमाडौँ / बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले “मेरो मुटु बालजीवन बिमा” योजना सञ्चालन गरेको छ ।

    यो योजनाले एक महिनाको उमेरदेखि नै बच्चाको जीवन बिमा गर्न मिल्ने सुविधा प्रदान गर्छ । विशेष कुरा के भने, यसमा अभिभावक (प्रस्तावक) र बच्चा दुवैको जीवन एकैसाथ बिमित गरिन्छ ।

    यो बिमालेखले बचत र सुरक्षा दुबै संयोजन गरेको छ । बिमा अवधिभर प्रस्तावकको कुनै कारणवश मृत्यु वा स्थायी अशक्तता भएमा बाँकी सम्पूर्ण बिमा शुल्क मिनाहा हुनेछ । त्यस्तै, बिमाङ्क रकमको १ प्रतिशत मासिक रूपमा बच्चाको नाममा उपलब्ध हुनेछ, जसले उसको शिक्षादेखि भविष्य निर्माणसम्म सहयोग पु-याउँछ ।

     अप्रत्याशित मृत्यु भएमा के हुन्छ ? 

    १ .बिमिततको हकमा : बिमाङ्क रकमको २५ प्रतिशत वा आर्जित बोनस वा भुक्तानी भएको बिमाशुल्कमध्ये जुन बढी हुन्छ, त्यो रकम दिइनेछ ।

    २. प्रस्तावकको हकमा :  प्रस्तावकको मृत्यु हुदा बिमाङ्क रकम पाउने गरि अतिरिक्त बिमाशुल्क तिरेको अवस्थामा बिमाङ्क रकम प्रधान गरिनेछ र अतिरिक्त शुल्क नतिरेको अवस्थामा बिमाङ्क रकम प्रधान गरिने छैन ।   

    ३. बिमा अवधि समाप्त हुनु अगावै बिमालेख चालु रहेको अवस्थामा बीमित र बिमा प्रस्तावकको मृत्यु एउटै घटनामा भएमा प्रस्तावकको मृत्यु बापत बिमाङ्क रकम र आर्जित बोनस तथा बच्चाको मृत्यु बापत बिमाङ्कको २५ प्रतिशत रकम भुक्तानी दिइनेछ ।   

    ४. बिमा अवधिभित्र प्रस्तावकको मृत्यु भएपश्चात बिमित बच्चाको समेत मृत्यु भएमा बिमांक रकमको २५ प्रतिशत र आर्जित बोनस वा भुक्तानी भएको बिमा शुल्क मध्य जुन रकम बढी हुन्छ सो रकम भुक्तानी दिइनेछ र बिमालेख स्वतः अन्त्य हुनेछ ।  

    किन रोज्ने ‘मेरो मुटु बालजीवन बिमा’ ? 

    बालबालिकाको उच्च शिक्षा,

    आकस्मिक खर्च र दीर्घकालीन योजना सुरक्षित गर्न

    मासिक आय सुविधा सहितको बिमालेख भविष्यका लागि

    अनुशासित बचतको सुनिश्चितता

    न्यून प्रिमियममै दीर्घकालीन लाभ

    बिमा गर्ने उपयुक्त समय कहिले ?

    बच्चा जन्मिएको सुरुवाती चरणमै यो बिमा गर्दा भविष्यमा ठूलो लाभ लिन सकिन्छ । ‘जीवन बिमा आजै, अहिल्यै’ भन्ने सोच अनुरूप समयमै बिमालेख लिएर आफ्नो बालबालिकाको भविष्यलाई सुनिश्चित गर्न सकिन्छ ।

    सानिमा रिलायन्स : विश्वासको बिमा

    सानिमा रिलायन्सले नेपाली परिवारहरूको आवश्यकता पहिचान गरी नविनतम तथा व्यवहारिक बिमा योजनाहरू उपलब्ध गराउँदै आएको छ ।

    आर्थिक रूपमा सबल, पारदर्शी व्यवस्थापन तथा सामाजिक रूपमा प्रतिष्ठित संस्थापक समूहको सहभागिताले गर्दा यो संस्था विश्वासिलो विकल्प बनेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com