अर्थ र कृषि क्षेत्रको क्षमता अभिवृद्धि गर्नुपर्नेमा विज्ञहरूको जोड

अर्थ र कृषि क्षेत्रको क्षमता अभिवृद्धि गर्नुपर्नेमा विज्ञहरूको जोड

आइतवार, बैशाख २१ २०८२
आइतवार, बैशाख २१ २०८२
  • images
    images
    अर्थ र कृषि क्षेत्रको क्षमता अभिवृद्धि गर्नुपर्नेमा विज्ञहरूको जोड
    images
    images

    काठमाडौँ / बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँगको छलफल भएको छ ।

    आइतबार अर्थ समितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँगको छलफल भएको हो । 

    सोही क्रममा उनले नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्च निरौलाले अर्थ र कृषि क्षेत्रको क्षमता अभिवृद्धि गर्नुपर्ने भन्दै यसको लागि समन्वयात्मक भावनाका साथ काम गर्नुपर्ने बताए । 

    उनले भने, ‘हाम्रो अर्थ र कृषि मन्त्रालयले यी क्षेत्रको क्षमता अभिवृद्धि गर्नुपर्छ । केही समस्याहरू त छन् तर त्यसलाई समाधान गर्न नसकिने भन्ने होइन् । हामीले समन्वयात्मक भावनाका साथ काम गर्नुपर्छ ।’

    यस्तै, समितिका सभापति सन्तोष चालिसेले बैंक तथा वित्तीय प्रणालीको बारेमा अझै बढि अध्ययन गर्नुपर्ने बताए । 
    विज्ञ भएपछि तथ्यांकगत रूपमा विषयलाई बुझाउनु पर्ने भन्दै सामान्य रूपमा बोलेर यस्ता विषय बुझ्न गाह्रो हुने पनि उनको भनाई छ । 

    उनले भने, ‘यस बारेमा अझ बढि अध्ययन गरेर बैठक बस्ने छौ । विज्ञ भएपछि तथ्याङ्कगत रूपमा बोल्नु पर्छ, मुखले मात्र त एकैछिन अनलाइन हेरेर पनि भन्न सकिन्छ । नेपालको बैंक तथा वित्तीय प्रणालीलाई यो यो गरेर अगाडि बढाउन सकिन्छ भनेर भन्दिए हुन्छ । तथ्यांगत रूपमा भयो भने हामीलाई बुझ्न सजिलो हुन्छ ।’ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com