एनआरएनए एकता महाधिवेशन : अध्यक्षमा महेश श्रेष्ठ निर्विरोध, कोको छन् अन्य सदस्यहरू ?

एनआरएनए एकता महाधिवेशन : अध्यक्षमा महेश श्रेष्ठ निर्विरोध, कोको छन् अन्य सदस्यहरू ?

आइतवार, बैशाख २१ २०८२
आइतवार, बैशाख २१ २०८२
  • images
    images
    एनआरएनए एकता महाधिवेशन : अध्यक्षमा महेश श्रेष्ठ निर्विरोध, कोको छन् अन्य सदस्यहरू ?
    images
    images

    काठमाडौँ / गैर आवसीय नेपाली संघ(एनआरएनए)को एकता महाधिवेशनले महेश श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । 

    शनिबार काठमाडौँको हायात होटलमा जारी महाधिवेशनको दोस्रो दिन आइतबार निर्वाचन प्रक्रियाबाट श्रेष्ठलाई अध्यक्षमा निर्विरोध चयन गरिएको हो ।

    निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार निर्वाचनबाट अधिकांश पदमा निर्विरोध नेतृत्व चयन गरिएको हो ।

    समितिको उपाध्यक्षमा खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, सुनिलकुमार शाह, मनोज कुमार श्रेष्ठ, विश्वास दीप लिम्बु र बुद्धिसागर सुवेदी निर्विरोध भएका हुन् । 

    त्यस्तै महिला उपाध्यक्षमा जुनु गुरुङ र महासचिवमा बाबुराम लामा चयन भएका छन् । महाधिवेशनको उदघाटन परराष्ट्रमन्त्री आरजु राणा देउवाले गरेकी थिइन् । 

    एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता घिमिरेले जानकारी दिए । उनले निर्वाचनमा सघाउने सवैलाई धन्यवाद पनि दिए ।

    निर्वाचन समितिले महाधिवेशन स्थलमा आइतबार नै एक समारोह आयोजना गरी शपथग्रहण तथा प्रमाणपत्र वितरण गरिने जनाएको छ ।

    नव निर्वाचित कार्यसमितिको नामावली यस प्रकार छ:

    अध्यक्ष  - महेशकुमार श्रेष्ठ 

    उपाध्यक्ष ६ जना 

    सुनिल कुमार साह 

    बुद्धिसागर सुवेदी

    खगेन्द्र न्यौपाने

    लोकप्रसाद दाहाल

    मनोज कुमार श्रेष्ठ (गोर्खाली)

    विश्वास दीप लिम्बु (तिगेला)

    उपाध्यक्ष (महिला) - जुनु गुरुङ

    महासचिव - बाबुराम (बीआर) लामा 

    सचिव ३ 

    चिन्तामणी सापकोटा

    टंकप्रसाद गैरे 

    तिलक प्रसाद गैरे

    सचिव (महिला) देवकी खत्री गुरुङ

    कोषाध्यक्ष - ठाकुर प्रसाद ढुंगाना

    सह कोषाध्यक्ष - कृष्णप्रसाद पोखरेल

    महिला संयोजक - रश्मी थापा

    युवा संयोजक - भीमसेन थापा 

    एसिया प्रशान्त क्षेत्रीय संयोजक - डा. बलराम श्रेष्ठ 

    युरोप क्षेत्रीय संयोजक -  प्रेमबहादुर गुरुङ

    मध्यपूर्व क्षेत्रीय संयोजक - रमेश श्रेष्ठ 

    उत्तरदक्षिण अमेरिका क्षेत्रीय संयोजक - डिलुराम पराजुली

    ओसेनिया क्षेत्रीय संयोजक– इर्सद अहमद

    क्षेत्रीय उपसंयोजकहरु 

    एशिया प्रशान्त क्षेत्रीय उप संयोजक - २

    माधव पोखरेल र मीमबहादुर पुर्जा 

    मध्यपूर्व क्षेत्रीय उप संयोजक - २

    सुनिल कुमार घिमिरे र श्रीकृष्ण भट्टराई

    उत्तरदक्षिण अमेरिका क्षेत्रीय उप संयोजक - २

    विश्वराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री

    ओसियाना क्षेत्रीय उप संयोजक - २ 

    राम प्रसाद कँडेल र प्रताप राना ।

    आइसीसी सदस्य : महेश बजगाँईं (दक्षिण कोरिया)

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com