समग्रमा नीति कार्यक्रम ठीक, तर बोल्ड हुन सकेन : पूर्व अर्थमन्त्री महत

समग्रमा नीति कार्यक्रम ठीक, तर बोल्ड हुन सकेन : पूर्व अर्थमन्त्री महत

शुक्रवार, बैशाख १९ २०८२
शुक्रवार, बैशाख १९ २०८२
  • समग्रमा नीति कार्यक्रम ठीक, तर बोल्ड हुन सकेन : पूर्व अर्थमन्त्री महत

    काठमाडौँ / नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले नीति तथा कार्यक्रम समग्रमा राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

    images
    images

    सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले परम्परागत भन्दा एक कदम अगाडि बढ्नुपर्ने भएपनि त्यसो हुन नसकेको टिप्पणी गरेका हुन् ।

    उनले भने, ‘नीति कार्यक्रम समग्रमा ठिकठाकै छ । तर यसलाई अझ परिवर्तन गर्न सकिन्थ्यो ।  केही बोल्ड कुराहरू परम्परागत भन्दा एक कदम अगाडि बढ्नुपर्थ्यो, त्यसो हुन सकेन केही कमी छ, तर समग्रमा ठीक छ । मुलुभुत रूपमा कार्यान्वयनमा निर्भर रहन्छ । बजेटले दिएको कार्यदिशाअनुसार कार्यान्वयन हुन्छ ।’  

    साथै उनले कृषि, शिक्षा र पूर्वाधार क्षेत्रमा जसरी आउनुपर्ने हो, त्यसरी कार्यक्रम नआएको बताए । उनले अर्थतन्त्र चलायमान बनाउन सडक, सिंचाइ, खानेपानी र सबैभन्दा बढी परिणाम आउने क्षेत्रबारे ठोस रूपमा आउनुपर्ने त्यो हुन नसकेको बताए ।

    उनले भने, ‘अर्थतन्त्र चलायमान बनाउन सडक, सिंचाइ, खानेपानी र सबैभन्दा बढी परिणाम आउने क्षेत्रबारे ठोस रूपमा आउनुपर्ने थियो त्यो हुन सकेन । स्वास्थ्य क्षेत्रमा पनि जुन रूपमा जानुपर्ने हो त्यो व्यवहारमा जान समस्या हुन्छ । योभन्दा एक कदम अघी बढ्न सकिन्थ्यो त्यसमा चुकेको आभास भयो ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय