एनआरएनएको एकता महाधिवेशनको उद्घाटन शनिबार हायात होटेलमा हुने

एनआरएनएको एकता महाधिवेशनको उद्घाटन शनिबार हायात होटेलमा हुने

शुक्रवार, बैशाख १९ २०८२
शुक्रवार, बैशाख १९ २०८२
  • images
    images
    एनआरएनएको एकता महाधिवेशनको उद्घाटन शनिबार हायात होटेलमा हुने
    images
    images

    काठमाडौँ / गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गर्ने बाटो खुला भएको छ । सर्वोच्च अदालतमा दायर भएको मुद्दा शुक्रबार समेत हेर्न नमिल्ने भएसँगै शनिबारदेखि एकताको महाधिवेशन गर्ने बाटो खुला भएको हो ।

    एनआरएनए एकताको महाधिवेशन शनिबारदेखि सोमबारसम्म (२०-२२ बैशाखमा) राजधानीको हायात होटलमा हुँदैछ । शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासमा उक्त मुद्दा परेको थियो ।

    संघको ११ औँ महाधिवेशनबाट निर्वाचित भएको दावी गर्दै आएका बद्री केसीले एकता महाधिवेशन रोक्न  माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । यसअघि परराष्ट्र मन्त्रालयको सिफारिसको आधारमा महान्यायाधिवक्ताको कार्यालयले समेत एकताको महाधिवेशन पर सार्न सर्वोच्चमा निवेदन दिएको थियो ।

    तर, सोविरुद्ध फेरि उच्चस्तरीय समितिको पक्षमा राजेश शमशेर राणाले तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने जिकिर गर्दै अर्को मुद्दा दायर गरेका थिए । दुवै मुद्दालाई अदालतमा एकसाथ सुनुवाइ गर्नेगरी पेसी तोकेको भए पनि हेर्न नमिल्ने हुँदै आएकोमा बुधबार पनि सोही क्रमले निरन्तरता पायो । अदालतले अर्को पेसी तोकिसकेको छैन ।

    सर्वोच्चमा शुक्रबार पनि दुवै पक्षको मुद्दा एकसाथ राखेर सुनुवाइ गर्नेगरी पेसी तोकिँदा न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासमा मुद्दा हेर्न नमिल्ने भएको हो । 

    एकता महाधिवेशनमा भाग लिन विश्वभरका एनआरएनहरू काठमाडौँमा भेला भइ रहेका छन् । उच्चस्तरीय समिति तथा निर्वाचन समितिले शुक्रबारदेखि नै होटेल हायातबाट काम सुरु गरिसकेका छन् । समितिले सबै डेलिगेटहरूलाई  होटेल हायातमै गएर शुक्रबारभित्रै डेलिगेट शुल्क तिरी सक्न अनुरोध गरेको छ । 

    एकता महाधिवेशनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियालाई निम्तापत्र हस्तान्तरण पठाइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com