काठमाडौँ / भविष्यमा हुनसक्ने सम्भावित जोखिमहरूबाट आर्थिक सुरक्षा प्रदान गर्न बिमा गरिन्छ । निश्चित शुल्क (प्रिमियम) तिरेपछि बिमा कम्पनीले जोखिम बेहोर्ने गर्छ ।
तर, विभिन्न कारणले सबै बिमितहरूले समयमा बिमा नवीकरण गर्न सक्दैनन् । सोही समस्यालाई मध्येनजर गर्दै नेपाल लाइफ इन्स्योरेन्सले बिमा नविकरणमा विलम्ब शुल्कमा छुट उपलब्ध गराएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितहरूमाथि विशेष सुविधा प्रदान गर्दै बीमा नविकरणमा भएको ढिलाइको विलम्ब शुल्कमा छुट दिने घोषणा गरेको हो ।
५० प्रतिशत छुट दिने निर्णय
कम्पनीले १८० दिनभन्दा बढी समय नविकरण नगरिएका बिमालेखहरूमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
उक्त अफर अन्तर्गत, छुट पाउनका लागि बिमितले बिमालेख नवीकरण गर्दा बाँकी रहेका सम्पूर्ण बिमा शुल्क रकम तिर्नुपर्नेछ। कम्पनीले उक्त छुट उपयोग गर्नका लागि केही सर्तहरूसमेत राखेको छ ।
सर्तहरु यसप्रकार छन्ः
१. छुट योजना अनुसार बीमालेख नवीकरण गर्दा बीमा रकम तथा बीमाशुल्क पूरै बुझाउनु पर्नेछ।
२. छुट अवधिभित्र मात्र यो सुविधा उपलब्ध हुनेछ।
३. यो छुट सुविधा एकपटक मात्र लागू हुनेछ।
४. छुट अवधि समाप्त भएपछि सामान्य नियमअनुसार विलम्ब शुल्क लाग्नेछ।
कम्पनीप्रति बिमितहरूको विश्वास अझ मजबुत बनाउने उद्देश्यले बिमितहरूलाई उक्त सुविधा दिएको हो ।
जीवन बीमा क्षेत्रमा अग्रणी कम्पनी
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको जीवन बीमा क्षेत्रमा अग्रणी कम्पनी हो। निजी क्षेत्रबाट सञ्चालनमा आएको पहिलो जीवन बीमा कम्पनीहरूमध्ये एक हो।
कम्पनीले शाखा कार्यलयहरू, अभिकर्ता नेटवर्क र डिजिटल प्लेटफर्ममार्फत देशभर सेवा विस्तार गरेको छ ।
नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनीहरूमध्ये एक यो कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
सीता श्रेष्ठ