निरङ्कुश राजतन्त्र फर्काउने सपना देख्नेहरूविरुद्ध मजदुर वर्ग लाग्नुपर्छ : प्रधानमन्त्री ओली

निरङ्कुश राजतन्त्र फर्काउने सपना देख्नेहरूविरुद्ध मजदुर वर्ग लाग्नुपर्छ : प्रधानमन्त्री ओली

बिहिवार, बैशाख १८ २०८२
बिहिवार, बैशाख १८ २०८२
  • images
    images
    निरङ्कुश राजतन्त्र फर्काउने सपना देख्नेहरूविरुद्ध मजदुर वर्ग लाग्नुपर्छ : प्रधानमन्त्री ओली
    images
    images

    काठमाडौँ /  प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णुु प्रवृत्ति बोक्नेहरू सक्रिय भएकाले तिनका विरूद्ध खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गरेका छन् । 

    बिहीबार एक सय ३६ औँ अन्तर्राष्ट्रिय मजदुुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)द्वारा विहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक परिवर्तन र सचेतनाका लागि योगदान दिने मजदुर वर्गलाई एकताबद्ध भएर सही र महान उद्देश्य प्राप्तिमा गतिशील हुन आग्रह गरेका हुन् ।

    उनले भने, “फालिएको राजतन्त्र पक्षधरहरूको अराजकता गत चैत १५ को तीनकुने–हिंसात्मक र दानवीय घटनामा स्पष्ट देखिएको छ । उनीहरूको प्रशंसा नगर्ने कलाकारको फिल्म नहेर्नेजस्ता असहिष्णु व्यवहार गर्ने राजतन्त्रवादीहरूले फेरि फर्कने कुचेष्टा गरिरहेका छन् । शान्ति कायम गर्न उभिएका प्रहरीमाथि गाडी लिएर किच्न जान्छन् भने त्यस्ताहरूको हातमा शासन सत्ता पुुगेमा के गर्लान् भन्ने प्रश्न उब्जिएको छ ।” उनीहरूले सभ्यता र संस्कृतिमा चुनौती दिएको उनले बताए । 

    उनले थपे, “हामीले त्यस्तालाई जवाफ दिन सक्नुुपर्छ । यसमा श्रमजीवी विगतमा झैँ वर्ग सचेत हुनुपर्छ । समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा लिएर सुनौलो भविष्य बोकेर हिँडेका छौँ । हामीले रगत पसिना बगाएर ल्याएको लोकतान्त्रिक प्रणालीको रक्षा गर्छाैँ । हाम्रो झण्डा ख्यालख्यालमा रातो भएको होइन, मजदुरहरूले शान्तिपूर्ण  र न्यायपूर्ण समाजका लागि लाग्दा गोली खाएर ढल्दाखेरि सेतो झण्डामा रगत लतपतिएकाले रातो भएको हो । बलिदानबाट निस्किएका झण्डाहरू राता हुन्छन् । हाम्रो देशको झण्डामा पनि रातो रंग रहेको छ । हामी संघर्षको गाथा झल्काउने झण्डा छोड्ने छैनौँ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com