काठमाडौँको ठूलोभर्याङ्गमा इलेक्ट्रिक स्कूटरको नयाँ सोरुम सञ्चालन

काठमाडौँको ठूलोभर्याङ्गमा इलेक्ट्रिक स्कूटरको नयाँ सोरुम सञ्चालन

बिहिवार, बैशाख १८ २०८२
बिहिवार, बैशाख १८ २०८२
  • images
    images
    काठमाडौँको ठूलोभर्याङ्गमा इलेक्ट्रिक स्कूटरको नयाँ सोरुम सञ्चालन
    images
    images

    काठमाडौँ / विद्युतीय सवारीको प्रयोगमा उत्साहजनक वृद्धि भइरहेका बेला, काठमाडौँको स्वयम्भू नजिकै ठूलोभर्याङमा नयाँ इलेक्ट्रिक स्कूटर सोरुम सञ्चालनमा आएको छ ।

    उक्त सोरुममा जीरो इमिसन राइड एनको १४औँ अधिकृत डिलर हो, जसले बजारमा लुयान र सारथी इकुटर जस्ता विश्वसनीय ब्रान्डका विद्युतीय स्कूटरहरू उपलब्ध गराउनेछ ।

    कार्यक्रमको प्रमुख अतिथिका रूपमा राइडर्स युनियन नेपालका अध्यक्ष माधव प्रसाद पाण्डेले रिबन काटेर उद्घाटन गरे ।

    उनले वातावरणमैत्री प्रविधि र विद्युतीय सवारीको आवश्यकतालाई जोड दिँदै नेपालमा यस्ता प्रवर्धनात्मक पहलको प्रशंसा गरे । 

    सो कार्यक्रमा जीरो इमिसन राइड एनका प्रबन्ध निर्देशक दुर्बस नगरकोटी, सिटिजन्स बैंक लिमिटेडकी शाखा प्रबन्धक रञ्जना पन्नाचन, र अटो व्यवसायी उत्तम गिरी लगायत उद्योग, बैंकिङ र व्यापार क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । 

    उनीहरूले पनि विद्युतीय यातायातले मुलुकको दिगो विकासमा खेल्न सक्ने भूमिकालाई सकारात्मक रूपमा प्रस्तुत गरे ।सोरुममा ग्राहकको सुविधाका लागि फाइनान्स, एक्सचेन्ज, निःशुल्क चार्जिङ सेवा, र टेस्ट राइडको व्यवस्था गरिएको छ ।

    यहाँ उपलब्ध लुयान र सारथी इकुटर ब्रान्डका स्कूटरहरू डिजिटल डिस्प्ले, की–लेस स्टार्ट, एन्टि–थेफ्ट अलार्म, युएसबी मोबाइल चार्जिङ पोर्ट, ३ मोड ड्राइभिङ, डिस्क ब्रेक, स्पेसियस बुट स्पेस जस्ता अत्याधुनिक फिचरले भरिपूर्ण छन् ।

    लुयान ६ वर्षदेखि नेपालमा बिक्री भइरहेको, सबैभन्दा धेरै सर्भिस सेन्टर र चार्जिङ नेटवर्क भएको इलेक्ट्रिक स्कुटरको ब्रान्ड हो, जसले ग्राहकलाई सुलभ सेवा र भरपर्दो यात्रा अनुभव दिन सफल भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com